देवघाट तनहुँ । तनहुँको देवघाट गाउँपालिकाका वडा नम्बर ५ साउने भुजेल समुदायमा दश लाख बराबर लागतमा रोटरी साउने बालविकास केन्द्र भवनको आज एक कार्यक्रम गरि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापा र रोटरी अन्तराष्ट्रिय डिष्ट्रक्ट ३२९२ का डिष्ट्रक्ट गभर्नर इलेक्ट रो. जितेन्द्र बहादुर राजभण्डारीले संयुक्तरुपमा सो भवनको उद् घाटन गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रक्ट गभर्नर इलेक्ट रो. जितेन्द्र बहादुर राजभण्डारीले बाल शिक्षा भवनको उद् घाटन पछी कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिकाहरू भनेको देशको कर्णधार हुन् हामीले सानै उमेर बाट बालबच्चाहरू लाई राम्रो शिक्षा दिएर अघि बढाउन सक्यो भने पछि गएर समुदाय र देशको उदाहरणिय व्यक्ति बन्न सक्ने उहाँले बताउनुभयो ।
साथै उहाँले कुनै पनि बालबच्चालाई स्कुल जानबाट कहिल्यै पनि बञ्चित नगरौ स्कुल पठाउने बानि बसालौँ भनेर आग्रह गर्दै आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गर्नुभएको थियो । सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले आज बाल बिकास केन्द्रको उद् घाटन पछि पहिलाको पुरानो जिण अबस्थामामा रहेको बालबिकास केन्द्र भवनलाई भत्काएर नयाँ भवन बनाउन सफल भएको बताउदै साना-साना बालबालिकाहरुलाई अध्यन-अध्यापन गराउन पनि अब सहज हुनेमा बिश्वात राख्नु भएको थियो।
साथै अध्यक्ष थापाले देवघाट गाउँपालिकाको शैक्षिक गुणस्तरलाई गुणस्तरीय बनाउन हरेक संघ संस्थाहरु संग समन्वय गरि अगाडी बढ्ने समेत बताउनुभयो। कार्यक्रममा देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङले कार्यक्रममा बोल्दै देवघाट गाउँपालिका ५ नम्बर वडाको भुजेल समुदायलाई एउटा नमुना समुदायको रुपमा परिचीत गराउन रोटरी क्लबले खेलेको भुमिका प्रति खुशी व्यक्त गर्दै धन्यवाद समेत दिनुभएको थियो।
साथै वडा अध्यक्ष गुरुङले देवघाट ५नम्बर वडाको बिकास निरन्तर क्रमिकरुपमा अगाडी बढेको बताउदै आफुले कुनै पनि कसर नराखी सवै संग समन्वय गरि अगाडी बढ्ने बताए। देबघाट गाँउ पालिका वडा नं ५ अन्तर्गत पर्ने साउनेमा भुजेल जातिहरू बसोबास गर्दै अाइरहेको र उनिहरुको आर्थिक अवस्था निकै नै कमजोर भएको हुनाले रोटरी क्लब अफ नारायणगढले उक्त स्थानका बालबालिकाहरु शिक्षा देखी टाढा हुन नपरोस् भन्ने उदेश्यको साथ बालबिकास भवन निर्माण कार्यलाई अगाडि बढाएको रोटरी क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष रोटरियन निरञ्जन प्रधानले जानकारी दिनुभएको थियो ।
साथै बालबिकास केन्द्रमा भुजले समूहका १७ बालबालिका अध्ययन गर्छन्,भवन पुरानो भएको हुनालेले साना साना बालबालिकाहरुला बस्न र अध्ययन गर्न कठिन भइ रहेको बेला रोटरी क्लब अफ नारायणगढ र देवघाट गाउँपालिकाको समन्वयमा बालविकास केन्द्रको भवन बनेकोमा भुजेल समुदायमा खुशी उत्साह छायाको स्थानीय आईतमाया भुजेलले बताउनु भएको थियो। कार्यक्रममा सेवा परियोजना निर्देशक रो. ईन्जिनियर गुनेश्वर महतोले बालविकास केन्द्र भवनको बारेमा जानकारी दिनुभएको थियो भने कार्यक्रममा रोटरी क्लवका पुर्व अध्यक्ष अनुकुल श्रेष्ठ,जल देवी आमा समुहका अध्यक्ष भरिमाया गुरुङ लगाएतको उपस्थिति रहेको थियो भने अध्यक्ष रोटरीयन अरूण कुमार खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।








