• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

बाटो नहुँदा अर्कै प्रदेशबाट पालिका पुग्छन् त्रिवेणीवासी, ‘लाइफलाइन’मा संघको ‘आलटाल’

  •   शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । विनयी त्रिवेणी १ बहुवनमा बर्सनि खोलाकै कारण मान्छेको ज्यान जान्छ । कोही बगेर त कोही खोला तर्न नसक्दा उपचार नपाएपछि ज्यान गुमाउँछन् । एकातिर जंगली जनावरको आतंक, अर्कोतिर नदी डुवानको त्रास । त्राहीत्राहीमै दैनिकी चलाइरहेका छन्, बहुवनका नागरिकहरू । हिउँदको बेलामा समेत मान्छे डुबाउने पानी बग्ने ठाउँमा बर्खाका बेला खोला तर्न सक्ने कुरै हुँदैन । धेरै पटकसम्म पुल बनाइदिन सरकारसँग हारगुहार गरे पनि पुल नबनेपछि त्यस क्षेत्रका डेढ सयभन्दा बढी घरधुरीका नागरिकहरूले सास्ती खेप्दै आएका छन् । पुल नभएकै कारण गाउँमा परेका विकास निर्माणका योजना कार्यान्वयन हुँदैन । सिँचाई, खानेपानी, भवन निर्माण जस्ता काम सामान लैजाने पुल नहुँदा रोकिएको छ ।

    त्यहाँका नागरिकहरू आफुलाई गण्डकी प्रदेशभन्दा अरु नै प्रदेशमा गाभिदिन माग गर्छन् । स्थानीय सुरेश ढेंगा भन्छन्, ‘कि चितवन कि बुटवलमा गाभ्नुपर्‍यो । कि त यो बाटो खोल्नपर्छ । त्रिवेणीको मान्छेलाई कति दुख छ ? पोहोर–पोहोर खोलामा हिमपाईप हालेर मोटरसाईकल ताथ्र्यौं । अहिले त हिमपाइप हाल्न पनि मिलेन ।’

    बाटोको पहुँच नहुँदा विनयी त्रिवेणीको ६ र ७ नम्बर वडाका बासिन्दा पालिका कार्यालय पुग्न लुम्बिनी प्रदेशको बर्दघाटबाट जानुपर्ने बाध्यता छ । गण्डक बाँध, भैंसालोटन, गजेन्द्र मोक्ष धाम लगायत क्षेत्रका नागरिकहरू बर्दघाट पुगेर दुम्कीवासमा रहेको पालिका जान्छन् । विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पितमबहादुर गुरुङले बाटो नभएकै कारण त्रिवेणीका जनताले सास्ती खेप्नु परेको गुनासो गरे । ‘सानो काम परेपनि अर्को प्रदेश पुगेर आफ्नो पालिका आउनुपर्छ । बाटो नहुँदा धेरै दु;ख पाएका छौं,’ उनले भने, ‘यो सास्ती माथीको सरकारले कहिले सुन्छ ?’

    बाटोकै कारण विकासबाट बन्चित छन्, त्रिवेणीवासी । वडा नम्बर ७ का अध्यक्ष गोपालबहादुर क्षेत्रीले हिउँदमा पनि खोला तर्न नसक्ने भएकोले पुल सहितको बाटो बनाईदिन आग्रह गरे । ‘बर्खामा त के हिउँदमा पनि खोला तर्न सकिँदैन । जंगलको बाटो छिचोल्न समस्या हुन्छ,’ उनले भने, ‘यो ट्रयाक खुल्यो भने सजिलो हुन्थ्यो ।’ त्रिवेणी क्षेत्र गण्डकीको दक्षिणी सिमाना हो ।

    राज्य पुनः संरचनाको समयमा नवलपरासीलाई फुटाएर नवलपुरसहित गण्डकी प्रदेशलाई भारतीय नाकासँग जोडिएको छ । मुस्ताङ चीनसँग सिमाना जोडिएको जिल्ला हो । गण्डकी सरकारले पहिलो वर्षदेखि नै कोरला–सुस्ता सडकलाई ‘लाइफलाइन’को रुपमा अघि बढायो । सोहीअनुसार भन्सार व्यवस्थापनको लागि संघसँग माग गरेको छ । दुई देशबीचको सम्बन्ध संघ सरकार मातहत पर्छ । चीनले कोरला नाकामा भीमकाया भवन बनाएको छ । सबै प्रणाली जोडिसकेर भन्सारका लागि ऊ तयार भइसकेको छ । तर, नेपालतर्फ सुनसान छ । नेचुङस्थित २ कोठे टहरोबाट सिजनेवल भन्सारको काम गर्दै आएको छ । सुस्तामा पनि छोटी भन्सार व्यवस्थित छैन ।

    त्यसबाहेक प्रदेशले उत्तर–दक्षिण जोड्ने सडक निर्माणका लागि धेरै पटक संघलाई अनुरोध गरेको छ । तर, सुनेको छैन । यो सडकमा सबैभन्दा समस्या चितवन राष्ट्रिय निकुन्ज जोडिएको त्रिवेणी क्षेत्रमा छ । दुम्कीवासदेखि त्रिवेणीसम्मको ८ किलोमिटर सडक वन क्षेत्रमा पर्ने भएकोले ट्रयाक खुलेको छैन । चार वर्षअघि त्यसको डीपीआर निर्माण र सहजीकरणका लागि वन मन्त्रालयलाई पत्र पठाईएको थियो । माघ दोश्रो साता मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल काठमाडौं गएर फाइल अघि बढाउन आग्रह गरे । ‘यो सडक नागरिकको भावना मात्र होइन । प्रदेशको समृद्धिसँग जोडिएको हो,’ मुख्यमन्त्री पोखरेलले भने, ‘यसको काम तुरुन्तै अघि बढ्नुपर्छ ।’

    वन तथा वातावरण सचिव पेमनारायण कँडेलले फाइल अघि बढाए पनि अझै सडक बन्ने सुनिश्चितता भने छैन । उनले डीपीआरको काम तुरुन्तै सुरु गर्न सडक विभागलाई लेखी पठाएको बताए । यसबाहेक वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका पालना गर्ने र चितवन निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले यसका लागि युनेस्कोसँग आग्रह गर्ने गरी सचिवस्तरीय निर्णय भएको बताए । दुम्कीवास त्रिवेणी खण्ड १९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्छ । निकुन्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने अनिवार्य शर्त छ । मुख्यमन्त्री पोखरलले त्रिवेणी क्षेत्रका नागरिकको विकासका लागि प्रदेश सरकारले प्याकेज तयार गर्न लागेको बताएका छन् ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.