• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • ६. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ९. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • १०. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

वैदेशिक रोजगारीका पीडितलाई क्षतिपूर्ति प्रदान

  •   सोमबार, जेठ ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    दमौली । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहल र स्थानीय तहको सक्रियतामा वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका ५१ जनाले क्षतिपूर्तिबापतको रकम पाएका छन् । वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु तथा जालसाजीमा परेका उनीहरुले सामी कार्यक्रमको समन्वयमा चालु आर्थिक वर्षमा रु दुई करोड ७१ लाख ९५ हजार पाँच सय ९१ रकम क्षतिपूर्तिबापत प्राप्त गरेका हुन् । वैदेशिक रोजगारका क्रममा मृत्यु भएका, बेपत्ता भएका, ठगीएका र उद्धार गरिएका पीडितलाई सामी कार्यक्रमको समन्वयमा क्षतिपूर्तिबापतको रकम प्रदान गरिएको कार्यक्रमकी जिल्ला संयोजक लुना रानाले जानकारी दिनुभयो ।

    व्यास नगरपालिकाका २३ जनालाई रु ३० लाख ७० हजार, भानु नगरपालिकाका पाँच जनालाई रु २१ लाख २५ हजार, शुक्लागण्डकी नगरपालिकाका चार जनालाई रु ५२ लाख २० हजार, म्याग्दे गाउँपालिकाका पाँच जनालाई रु ४७ लाख ७५ हजार, भिमाद नगरपालिकाका चार जनालाई रु ९१ लाख ६० हजार पाँच सय ९१, बन्दीपुर गाउँपालिकाका तीन जनालाई रु २२ लाख ५० हजार क्षतिपूर्ति रकम प्रदान गरिएको छ । देवघाट गाउँपालिकाका चार जनालाई रु तीन लाख ८० हजार, आँबुखैरेनी गाउँपालिकाका दुई जनालाई रु एक लाख ४० हजार, घिरिङ गाउँपालिकाका एक जनालाई रु एक लाख २५ हजार क्षतिपूर्ति प्रदान गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रमा एक सय १९ उजुरी दर्ता भएको थियो । त्यसमध्ये ५१ जनाको उजुरी समाधान भएको रानाले जानकारी दिनुभयो । उहाँका अनुसार व्यास नगरपालिकाका ५० उजुरीमध्ये ठगीका १७, मृत्युका दुई, बेपत्ताका १७, उद्धारका नौ र अन्य नौ रहेका छन् । भानु नगरपालिकाका १० उजुरीमध्ये ठगीका तीन, मृत्युका तीन, बेपत्ताका एक, उद्धारका एक र अन्य दुई रहेका छन् । शुक्लागण्डकी नगरपालिकाका १५ उजुरी रहेकामा ठगीका नौ, मृत्युका तीन, बेपत्ताका एक र अन्य दुई रहेका छन् ।

    म्याग्दे गाउँपालिकाका १२ उजुरीमध्ये ठगीका चार, मृत्युका दुई, बेपत्ताका दुई, उद्धारका दुई र अन्य दुई रहेका छन् । भिमाद नगरपालिकाका आठ उजुरीमध्ये ठगीका दुई, मृत्युका चार, जेलका एक र अन्य एक रहेका छन् । बन्दीपुर गाउँपालिकाका ११ उजुरीमध्ये अन्य ११, देवघाट गाउँपालिकाका छ उजुरीमध्ये ठगीका एक, बेपत्ताका एक, उद्धारका एक र अन्य तीन रहेका छन् । घिरिङ गाउँपालिकाका तीन उजुरी रहेकामा मृत्यु दुई र अन्य एक, ऋषिङ गाउँपालिकाका दुई उजुरी रहेकामा ठगीका दुई तथा आँबुखैरेनी गाउँपालिकाका दुई उजुरी रहुकामा दुई ठगीका रहेका छन् ।

    जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासन केन्द्रमा चालु आर्थिक वर्षमा ती उजुरी दर्ता भएका थिए । “आप्रवासन केन्द्रमा मुद्दा दर्ता भएपछि प्रशासन कार्यालय, प्रहरी कार्यालय, स्थानीय तहलगायतको सहकार्यमा पीडित परिवारलाई क्षतिपूर्ति रकम प्रदान गर्न सक्यौँ”, रानाले भन्नुभयो । सामी कार्यक्रम सञ्चालन भएपछि वैदेशिक रोजगारमा जाने र रोजगारमा ठगिएका, मृत्यु भएकाले राहत रकम पाउँदा पीडित परिवारलाई सहज हुने गरेको देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “सामी कार्यक्रमको प्रभावकारिता बढ्दो छ, यसलाई थप विस्तार गर्न आवश्यक छ ।” वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन विसं २०७६ मङ्सिर १ गतेदेखि जिल्लाका चार र गत वर्षदेखि थप तीन स्थानीय तहमा सामी कार्यक्रम सञ्चालित छ । जिल्लाका व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ । सामी कार्यक्रममार्फत विदेश जाने र विदेशबाट फर्किएका युवायुवतीलाई परामर्श सेवा प्रदान गर्ने गरिएको छ । त्यस्तै विदेशबाट फर्किएकालाई सीपमूलक तालिम दिनुका साथै स्थानीयलाई वित्तीय साक्षरता कक्षा समेत प्रदान गरिएको छ ।

    नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय समझदारीअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहजीकरण र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सामी कार्यक्रम सञ्चालन भइरहेको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेश मिश्रले जानकारी दिनुभयो । सीप तालिम बिना वैदेशिक रोजगारीमा जाने बढी रहेकाले अझै पनि चुनौती रहेको मिश्र बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ठगीको व्यापकता, म्यानपावर कम्पनीको ठगीमा न्यूनीकरण तथा व्यक्तिगत ठगी तथा कन्सलटे«न्सीमार्फत हुने ठगी रोकिएको छैन ।”

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना

    • ६.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.