• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

जन्मस्थान फर्किएपछि …

  •   शुक्रबार, असार २२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    दमौली  । बाह्र वर्षपछि खोला पनि फर्किन्छ भनिन्छ तर नवीनलाई जन्मघर फर्कन भने तीन दशक लागेको छ । तर ढिलै गरी फर्किए पनि उहाँको सोच नवीन नै छ । केही गरौँ भन्ने हुटहुटी छ, आफ्नै जन्मस्थल बनाउने । तनहुँको व्यास नगरपालिका–८ रिस्ती बाहुन पोखराका नवीनराज पौडेलसँग नयाँ आलिसान घर बनाउन पैसा त छ तर रहर छैन ।

    सञ्चारकर्मी, सञ्चार उद्यमी र राजनीतिकर्मीसमेत रहनुभएका पौडेल अहिले आफ्नो पुख्र्यौली घरलाई चिरिच्याँट्ट पार्न व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आफ्नो पुर्खाको चिनोका रूपमा रहेको घर मलाई इतिहासजस्तो लाग्यो । जिउँदो संस्कृतिजस्तो लाग्यो । त्यसैले यसलाई मर्मतसम्भार र संरक्षणमा लागेको छु ।” बाहुनपोखरामा जन्मिएर प्राथमिक शिक्षा त्यही आर्जन गर्नुभएका उहाँ समय र परिस्थितिले चितवन झर्नुभयो । चितवनको घरमा आमाबुवा बस्ने र आफूचाहिँ पुख्र्यौली घर सम्झिँदै आएको उहाँको भनाइ छ ।

    उहाँले आफ्नो दुई दशकभन्दा बढी सञ्चारकर्म गर्दा काठमाडौँमा पनि बासस्थानको व्यवस्था गर्नुभएको छ । पछिल्लो समय घर देशलाई छाडेर परदेश जाने र उतै कमाउने अनि उतै रमाउने युवा जमात बग्रेल्ती छ । गाउँबाट बेसी अनि सहर हुंँदै विदेशका सहरमा गएर उतै हराउने नियति नै बनिसकेको छ, हाम्रा युवाको । नवीनलाई विदेशमा पलायन हुन मोह कहिल्यै लागेन । उहाँले भन्नुभयो, “मलाई विदेश बस्ने, व्यवसाय गर्ने, कमाउने अफर नआएको होइन तर मलाई विदेशी भूमिमा आफ्नो रगत पसिना बगाउन मन नै लागेन ।”

    उहाँ यतिबेला पुख्र्यौली गाउँ बाहुनपोखरा बेलथुम्कीमा रहेको घरलाई स्याहारसुसार र मर्मतमा तल्लिन हुनुहन्छ । त्यतिमात्रै होइन, उहाँले विभिन्न जातका आंँप, लिची, एभोगाडो, अम्बा, कागती, मौसम, जुनार, अनार, कटहर, बेल, भोगटे, नासपाती, आरू, नरिवल गरी ५० थरिका बिरूवा रोपेर बगैँचा बनाउनुभएको छ । यसअघि काठमाडौँ र चितवनमा समेत बसोबास गर्दै आउनुभएका उहाँलाई अहिले जन्मघरले तानेको हो । जन्मघरको मायाले मात्र होइन, उहाँलाई गाउंँघरका साथीभाइ र इष्टमित्रको सम्बन्धले समेत तानेको छ ।

    यद्यपि उहाँ क्षणिक समयका लागि गाउंँ नफर्किएको दाबी गर्नुहुन्छ । उहाँले हालैमात्र रिस्ती विकास समाज नामको संस्था खोल्नुभएको छ । उक्त संस्थामार्फत गाउँको विकास र उन्नयनमा लाग्ने सपना बोकेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “फर्केर मात्र भएन गाउंँलाई परिवर्तन र यसको मुहार फेर्नु मजस्ता युवाको कर्तव्य पनि हो ।”

    उहाँले सुरुआती चरणमा एक दशकदेखि बन्न नसकेको स्वास्थ्यचौकी भवन बनाउन पहल सुरु गर्नुभएको छ । उहाँले भन्नुभयो, “पहिला स्वास्थ्य सेवाबाटै कामको थालनी गरौँ, त्यसपछि बाटोको स्तरोन्नतिमा पनि मेरो सक्रियता बढ्छ ।” पछिल्लो समय विकास नेपालका अधिकांश गाउंँहरू पुगे पनि घरहरू रित्तै र बेवारिसेरूपमा छाडिएका छन् । बस्ती पातलिएको छ । जमिन उजाड खरबारीमा परिणत भएको तीतो यथार्थ त छँदैछ । उहाँले विभिन्न सामाजिक सेवाहरू गाउंँ–गाउंँमा पु¥याउने सोच राख्नुभएको छ ।

    सामाजिक काममा अघि बढ्न थालेपछि सबै छिमेकी र स्थानीयको मुहारमा आशा जागेको छ । स्थानीयवासी देवीप्रसाद पौडेल नवीन गाउंँ फर्किँदा सबैलाई आशा र भरोषा बढेको बताउनुहुन्छ । अर्का स्थानीयवासी मन्जु तिमिल्सेना नवीनको आगमनले रिस्तीमा उत्साह बढेको र स्वास्थ्यचौकी बन्छ भन्नेमा ढुक्क भएको बताउनुभयो ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.