• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

सिँचाइको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान

  •   बुधबार, साउन ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले कृषि सिँचाइ मिटरको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षबाट सिँचाइ मिटरको शुल्कमा ५० प्रतिशत अनुदान दिने गरी कार्यक्रम तय गरेको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । कृषि पेसा गरेका किसानलाई सिँचाइमा सुविधा दिने योजनाअनुसार नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको र सोही अनुसार बजेटसमेत व्यवस्थापन गरेको नगर प्रमुख भुसालले बताउनुभयो ।

    सिँचाइको समस्याका कारण उत्पादनमा कमी नआओस् भनेर सिँचाइमा अनुदान दिन लागेको उहाँले बताउनुभयो । किसानलाई सिँचाइ मिटरमा अनुदान दिँदा कृषि उत्पादनको लागत थोरै भए पनि घटाउन सहयोग पुग्ने र किसानले उत्पादन गर्ने कृषि उपजबाट धेरै आम्दानी गर्न सक्ने भएकाले सिँचाइ मिटरको शुल्कमा अनुदान दिन लागिएको नगर प्रमुख भुसालले बताउनुभयो ।

    “किसानलाई प्रत्यक्ष रुपमा लागतमा अनुदान प्रदान गर्दै सिँचाइका कारण उत्पादनमा कमी हुन नदिने र उत्पादन लागत घटाउने हाम्रो उद्देश्य हो, सोही अनुसार ५० प्रतिशत अनुदान दिने योजना बनाएका छौँ”, नगर प्रमुख भुसालले भन्नुभयो, “यो वर्ष कार्यक्रम कार्यान्वयन गर्ने गरी लागेका छौँ ।” कावासोती नगरपालिकाले नगरभित्र रहेका कृषि फार्म, समूह, सहकारीमा रहेका कृषि सिँचाइ मिटरको शुल्कमा ५० प्रतिशत अनुदान दिन लागेको कावासोती नगरपालिका कृषि विकास शाखाका प्रमुख शिवनारायण कुमालले बताउनुभयो ।

    नगरभित्र कृषि सिँचाइ मिटरको अभिलेख राखी वार्षिक रुपमा ती सिँचाइ मिटरमा उठेको शुल्कमा ५० प्रतिशत अनुदान नगरपालिकाका तर्फबाट दिइने शाखा प्रमुख कुमालले बताउनुभयो । कावासोती नगरपालिकाले गत आर्थिक वर्षमा समेत सिँचाइ मिटर जडानमा अनुदान प्रदान गरेको थियो । गत वर्ष समूह, सहकारी, कृषि फार्मलाई सिँचाइ मिटर जडानमा अनुदान प्रदान गरेकामा यस वर्ष विद्युत् खपत गरे बापतको शुल्कमा अनुदान प्रदान गर्न लागिएको शाखा प्रमुख कुमालले बताउनुभयो ।

    पचहत्तर प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण प्रदान गर्ने कार्यक्रमसमेत राखिएको उहाँले बताउनुभयो । कावासोती नगरपालिका कृषि क्षेत्रमा सम्भावना भएको क्षेत्र हो । यस नगरपालिकाभित्र करिब दुई हजार पाँच सय हेक्टर खेतीयोग्य जमिन रहेको छ । नगरपालिकाले विभिन्न वडामा फरक फरक बालीको पकेट विकास कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.