• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

कानुनमात्र बनाउँछु, विकास निर्माणका बारेमा वास्ता छैन भन्न मिल्ने अवस्था छैन : सांसद रिजाल

  •   शनिबार, कार्तिक ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  । विधायकले कानुन बनाउने जिम्मेवारी भए पनि नेपालको संसदीय अभ्यासमा कानुन बनाउने र जनताको दुःख, सुखमा साथै रहने कुरालाई बिर्सने सक्ने अवस्था छैन । राजनीतिक दलले निर्वाचनमा भाग लिनुअघि आ–आफ्नो घोषणापत्र सार्वजनिक गरी विकास निर्माणका योजना नै स्पष्ट देखाउने परिपाटी बसल्न आवश्यक रहेको सांसद ईश्वरबहादुर रिजालको बुझाइ छ । “चुनावमा भोट माग्न जाने बेलामा विकास निर्माणका प्रष्ट खाका देखाउनुपर्छ”, उहाँले भन्नुभयो, “विकास हुँदै गरेको हाम्र्रोजस्तो देशमा कानुनमात्र बनाउँछु, विकास निर्माणका बारेमा वास्ता छैन भन्न मिल्ने अवस्था छैन ।”

    विसं २०२४ चैत १७ गते दोलखा विगु गाउँपालिका चिलङ्खा, मोहीबासमा जन्मनुभएका उहाँ २०३९ सालदेखि नेकपा (एमाले) निकट भातृ सङ्गठनमा क्रियाशील भएर राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) हुँदै एमाले केन्द्रीय सदस्य र अहिले पोलिटब्यूरो सदस्य हुनुहुन्छ । उहाँले अहिले पार्टीको स्कुल विभागको उपप्रमुख भएर काम गरिहनुभएको छ । दोलखाबाट समानुपातिक प्रतिनिधिसभा सदस्य भएर जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । पार्टीले आफ्नो घोषणापत्रमा प्रतिबद्धता गरेको र जुन चुनावपछि पूरा गर्नुपर्ने अवस्था भएको उहाँको भनाइ छ ।

    “पार्टीको घोषणापत्रमा दिएको बचन त पूरा गर्नुपर्यो”, एमालेको पोलिटब्यूरो सदस्य रिजालले भन्नुभयो, “जनतालाई विकास चाहिएको छ, त्यो गर्छु भनेर नै भोट मागिएको हुन्छ ।” चुनावमा उठ्ने बेलामै पार्टीले जनप्रतिनिधिको काम कानुन बनाउनेमात्रै हो भनेर लेखेमात्रै नत्र कानुन बनाउनुका साथै जनताको दुःख, सुखमा साथै रहनुपर्ने उहाँको राजनीतिक गर्दाको अनुभव छ । “जनप्रतिनिधि भनेकै मतदाताको हो, मतदातासँगै सकेसम्म रहनुपर्छ”, सांसद रिजालले भन्नुभयो, “जनताको इच्छा र चाहनालाई जनप्रतिनिधिले बेवास्ता गर्न पटक्कै मिल्दैन ।” कानुन बनाउने र नीति निर्माण गर्ने दुवै विषयमा उत्तिकै ध्यान दिनुपर्ने उहाँको बुझाइ छ ।

    “जसले निर्वाचित गरेर पठाएको छ, उसकै लागि काम गर्नुपर्ने जनप्रतिनिधिको धर्म हो”, उहाँले भन्नुभयो, “जुन खालको संसदीय अभ्यास छ, यो अभ्यासमा कानुन बनाउन र जनताको ध्यान दिनु दुवै जिम्मेवारी छ ।” सदन प्रारम्भ भएपछि कानुन निर्माणमा ढिलाइ भएको कुरालाई स्वीकार गर्दै उहाँले भन्नुभयो, “संविधानअनुकूलका महत्त्वपूर्ण कानुन बनाउन जरुरी छ, तर सरकारले सदनलाई बिजनेस दिनुपर्यो, कानुन छिटो नबन्नुको दोषी संसद् र सांसद नभएर सरकार पनि हो ।”

    सरकारले कानुन बनाउनुपर्ने विषयमा अध्ययन गरेर विधेयक ल्याउनुपर्नेमा ल्याउन नसकेको हुनाले सदनले आवश्यकताअनुरुप कानुन बनाउन नसकेको उहाँको ठहर छ । “सरकारले संसद्लाई बिजनेस नदिएपछि संसद् र सांसदले मात्र कानुन बनाउने कुरा भएन”, उहाँले भन्नुभयो, “सरकारले बनाउनुपर्ने अतिआवश्यक कानुनका बारेमा गैरसरकारी विधेयक ल्याएर पनि भएन ।” संसद्मा कहिलेकाहीँ सरकारले गरेको कामका बारेमा प्रश्न उठ्दा केही चर्काचर्की हुने गरे पनि सभ्य तरिकाले प्रश्न उठ्ने गरेको उहाँको बुझाइ छ ।

    “सरकारले जनताको अतिआवश्यक चाहनामा बेखबर हुन मिल्दैन, अहिले महँगी बढेर आठ प्रतिशतभन्दा बढी भएको छ”, उहाँले भन्नुभयो, “दसँैको बेलामा सरकारले अनुगमन गर्छ, अरु बेला पनि अनुगमन गर्नुपर्यो ।” सरकारका कमी–कमजोरीलाई प्रमुख प्रतिपक्ष दलले ध्यानाकर्षण गराउनुपर्ने संसदीय अभ्यास नै भएको र हुँदा कहिलेकाहीँ तिखो स्वर भए पनि संसद्भित्र संसदीय व्यवस्थालाई असर पर्ने गरी काम नगरेको उहाँको भनाइ छ ।

    “जनताको प्रतिनिधिले सभ्य र शिष्ट भाषा बोल्नुपर्छ, तर संसदीय अभ्यासमा कहिलेकाहीँ आवेगमा आएर मुखबाट त्यस्ता शब्द आउन सक्छ, जनताको समस्याका बारेमा कुरा गर्दा उत्तेजित भएको अवस्था हुन्छ”, उहाँले भन्नुभयो, “शून्य समय वा विशेष समयमा राखेका कुराको सुनुवाइ भएन भने पनि चर्कै स्वरले बोल्नुपर्ने हुन्छ, तर पछि महसुस हुन्छ, सच्याउने पनि गरिन्छ, त्यसलाई अनौठो मान्नु पनि हुँदैन ।” संसद् भनेको देश र जनताका प्रत्यक्ष सरोकारका विषयमा छलफल र बहस हुनु स्वभाविक प्रक्रिया भएको उहाँको बुझाइ छ । रासस

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.