• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

कानुन निर्माणमा सदन होइन, सरकार असफल : सांसद रायमाझी

  •   आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । राष्ट्रियसभाका सदस्य रमेशजङ्ग रायमाझीले सरकारले संसदीय समितिको निर्णय कार्यान्वयन गर्न अटेर गर्दै आएको गुनासो गर्नुभएको छ ।

    सांसदसँग रासस संवादमा सार्वजनिक सुनुवाइ समिति र दिगो विकास समितिको सदस्यसमेत रहनुभएका सांसद रायमाझीले समितिको निर्णय कार्यान्वयन गर्न सरकारले अटेर गरेको अनुभव सुनाउनुभयो । “ संसदीय समितिको निर्णय कार्यान्वयन गर्न सरकारले नसुनेजस्तो गर्ने रहेछ”,उहाँले भन्नुभयो ।

    उहाँका अनुसार कतिपय अवस्थामा दुवै सदनका समितिहरूले दिने निर्देशनमा दोहोरोपनाले अन्योल सिर्जना गरेको छ । “ एउटै विषयमा धेरै समितिले दोहोरो सुझाव दिइरहेका हुन्छन् । कुन विषयमा कुन समितिले कसरी सरकारलाई निर्देशन दिने पनि स्पष्ट छैन”, उहाँले भन्नुभयो, “एउटै विषयमा तीन–चारवटा समितिले बेग्ला–बेग्लै खालको निर्देशन जारी भएको छ । त्यसले गर्दा मन्त्रीहरूलाई पनि अन्योल र काम गर्न अप्ठयारो भएको हुनसक्छ ।”

    राजनीतिसँगै चलचित्र निर्माण र व्यवसायसम्बन्धी अनुभव राख्नुहुने नेपाली कांग्रेसका नेता रायमाझीले विसं २०३६, २०४२ र २०४६ मा जेल जीवन बिताउनुभयो । विसं २०७४ मा राष्ट्रियसभा सदस्यका रूपमा निर्वाचित हुनुभएका सांसद रायमाझीको आगामी फागुन २० गते पदावधि सकिँदैछ । छ वर्षको लामो संसदीय अभ्यासबाट बिदा लिने समय नजिकिँदै गर्दा उहाँले भन्नुभयो, “म राजनीतिको सबैभन्दा ठूलो दोषबाट मुक्त भएर बिदा हुँदैछु ।”

    राससको थप जिज्ञासामा सांसद राजयमाझीले स्पष्ट पार्दै भन्नुभयो, “राजनीतिक दलका नेता, नेतृत्व र सांसदको प्रवृत्तिमा दोष लाग्दै आएको छ । त्यो कङ्लक बोकेर जानुपर्ने अवस्था छैन मेरो जीवनमा । नेतृत्व र जनप्रतिनिधिले गर्ने अनियमतिता, भ्रष्टाचार, कर्मचारीको सरुवा गर्ने दोषबाट जोगिएको छु ।”

    उहाँले संसदीय अभ्यासभित्र जनप्रतिनिधिलाई काम गर्दैनन् भन्ने आरोप लागिरहेको बेला आफूले विधायिकाको रूपमा प्रभावकारी भूमिका निर्वाह गरेको दाबी गर्नुभयो । कांग्रेसका नेता एवं सांसद रायमाझीसँग सत्तापक्ष र प्रतिपक्ष दुवै भूमिकाको अनुभव छ । आफ्नो पार्टी सरकारमा हुँदा पनि जनप्रतिनिधिका रूपमा सरकारलाई खबरदारी गर्न आफू कहिल्यै नचुकेको उहाँको भनाइ छ ।

    “नेपाली कांग्रेस सत्तापक्ष हुँदा मचाहिँ प्रतिपक्षजस्तो भूमिकामा रहे”, उहाँले भन्नुभयो, “आफ्नै गठबन्धनको सरकारमा पनि सरकारले गरेका गल्ती औँल्याउने, सरकारलाई संविधानले दिएको बाटो मिचेर नहिँड्न पटक–पटक सचेत गराउने, अनियमितता र महँगी नियन्त्रण एवं नागरिकप्रतिको जिम्मेवारीबाट चुक्नहुन्न भन्ने विषय उठान गर्यौँ ।”

    उहाँका अनुसार कानुन निर्माणमा सदन होइन, सरकार असफल भयो । सरकारसँगै राजनीतिक दल र जनप्रतिनिधिबाट कानुन निर्माणमा ध्यान केन्द्रित गर्न असमर्थ रहेको सांसद रायमाझीको बुझाइ छ । “कानुन निर्माण गर्ने कुरामा सरकारले टेबुल गर्नुपर्ने हो तर त्यसमा सरकार चुकेको छ । तर कुनै पनि राजनीतिक पार्टीले त्यतातर्फ त्यति चासो दिएनन् कि ?”, उहाँले भन्नुभयो, “प्रतिपक्ष हुँदा ती कुरा उठाउने तर आफू सरकारमा गइसकेपछि जिम्मेवारी पूरा गरेको देखिँदैन ।”

    माथिल्लोे सदनले गरेको गैरसरकारी विधेयकको अभ्यासलाई स्मरण गर्दै उहाँले यस्ता विधेयक पास गर्न सरकारबाट असहयोग हुने आफ्नो अनुभव सुनाउनुभयो ।

    “दुई वटामात्र गैरसरकारी विधेयक ल्यायौँ । तर वास्तवमा सत्तापक्षले गैरसरकारी विधेयक चाहँदैन । गैरसरकारी विधेयक ल्याउँदै आउँदा सरकारले आफ्नो ‘पर्फमेन्स’ कम भएको देख्ने डरले प्रोत्साहन गर्न सकेको अवस्था छैन”, उहाँले भन्नुभयो, “प्रतिपक्षलाई मात्र होइन, सत्तापक्षका सांसदलाई पनि सरकारले यस्ता विधेयक रोक्नका लागि पार्टीगत छलफलबिना किन ल्याएको भनेर प्रश्न गरिन्छ ।”

    सांसद रायमाझीले प्रतिनिधिसभाका सांसदले राष्ट्रियसभाका असल संसदीय अभ्यासलाई सिक्दै अवलम्बन गर्नपर्ने सुझावसमेत दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभाले तीनवटा विधेयक पास गर्दा प्रतिनिधिसभाले एउटा मात्र विधेयक पास गर्यो । हाम्रा अध्यक्षले तय गर्नुभएको समयमै बैठक सुरु हुन्छ । ११ बजेर एक मिनेटमा तय भएको बैठक सोही समयमा बस्छ, प्रतिनिधिसभाले यो सिक्नुपर्छ ।”

    छ वर्षको संसदीय अभ्यासमा सधैँ सबै सांसद स्वतन्त्र नहुने उहाँको अनुभव छ । सांसदहरूलाई दलीय ह्वीप लाग्ने कारण भूमिका प्रभावकारी बनाउन चुनौती भएको उहाँ स्वीकार्नुभयो ।

    “हामी पार्टीगत हिसाबले पनि आएका छौँ । संसदीय भूमिकासँगै पार्टीगत जिम्मेवारी छन् र पार्टीको ह्वीप पनि लाग्छ । अनियमितता, भ्रष्टाचार र सरकारले डेलिभरी नदिएको कुरामा बोल्न सक्छौँ तर कति कुरा पार्टीगत कुरालाई मान्नपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “राष्ट्रियसभाको आगामी माघ ११ गते निर्वाचन हुँदैछ । सबै आउने सांसदहरू पार्टीको मतबाट आउने हुन् । यो सभा एक्लै गएर बैग्लै कुनामा बस्न सक्दैन । पार्टीका टिकट पाएर आएका जनप्रतिनिधिले मत पनि पार्टीगतरूपमा पाएर आउने हुँदा त्यहाँ सांसद सधैँ स्वतन्त्र हुन सक्दैन ।”

    सांसद रायमाझीले सांसदको भूमिकाबाट बिदा भएपछि पनि लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाउनमा आफ्नो समय व्यतित गर्ने बताउनुभयो । रासससँग आफ्नो आगामी योजना सुनाउँदै उहाँले भन्नुभयो, “लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाउनमा केन्द्रित हुनेछु । सङ्गठन विस्तारको सिलसिलामा जनताको गुनासो सुन्ने र गाउँ जाने पनि गरिरहेको छु । जानेको कुरा आदान–प्रदान गर्ने कामलाई जारी राख्नेछु ।”

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.