• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

‘समयसीमाभित्रै जिम्मेवारी पूरा गर्न दृढ छौँ’

  •   बुधबार, पुष ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकता प्राप्त काठमाडौँ–तराई/मधेस द्रुतमार्ग(फाष्ट ट्रयाक) निर्धारित समयमै पूरा गर्न नेपाली सेना दृढ रहेको बताउनुभएको छ । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले नेपाली जनताले निकै आशा र भरोसा गरेको सामरिक महत्त्व बोकेको द्रुतमार्ग आगामी विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरी काम भइरहेको जानकारी दिनुभयो । प्रधानसेनापति शर्माले भन्नुभयो, “द्रुतमार्गको निर्माण नियम र कानुनको परिधिभित्र रही तयार गरिएको कार्ययोजनाअनुरुप नै पारदर्शी ढङ्गबाट काम भइरहेको छ । आर्थिक अनियमिता भएको छैन ।

    झन्झटिला प्रक्रिया र कतिपय अव्यावहारिक कानुनले कामलाई द्रुत गतिमा अघि बढाउन बाधा पुर्‍याइरहेको छ ।” द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) स्वीकृत र वातावरण अध्ययन मूल्याङ्कनमा भएको बिलम्वजस्ता कार्यले समयमा कार्यसम्पादन गर्न बाधा पुगेको घटना सुनाउँदै उहाँले सरोकारवाला सबैको सहयोग र समन्वयनमा निर्धारित समयमै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । एक प्रश्नको जवाफमा प्रधानसेनापति शर्माले भन्नुभयो, “प्रजातान्त्रिक मुलुकको सेनाको प्रमुखको जिम्मेवारीमा छु । सेनालाई गलत देखाउने तत्त्वले अहिले पनि सक्रिय छ । सेनाले गलतलाई कहिल्यै ठीक भन्दैन । द्रुतमार्गकै कुरा गर्नुपर्दा अहिले करिब रु १२ अर्ब सस्तोमा काम लगाइएको छ ।”

    विसं २०७४ वैशाख २१ गते सेनाले द्रुतमार्ग निर्माणको जिम्मेवारी लिएको थियो । सेनाको व्यवस्थापनमा अघि बढिरहेको द्रुतमार्गको लम्बाइ डिपीआरपछि ७० दशमलव ९७७ किमी कायम भएको छ । उक्त राजमार्गमा विशिष्ट प्रकारकासहित ८९ वटा पुला रहने छन् भने दोहोरो प्रवेश भएका छ वटा सुरुङमार्ग रहने छन् । करिब रु दुई खर्ब १३ अर्बको लागत अनुमान गरिएको आयोजनाको हालसम्म वित्तीय प्रगति २९ दशमलव ४४ र भौतिक प्रगति ३२ दशमलव ६६ पुगेको छ ।

    हालसम्म आयोजनामा करिब रु ५२ अर्ब खर्च भइसकेको सो अवसरमा जानकारी दिइयो । आयोजनालाई निर्धारित समयसीमाभित्र पूरा गर्न सेनाले १३ भागमा विभाजन गरी ठेक्का प्रक्रिया अघि बढाएकामा सात स्थानमा अहिले धमाधम काम भइरहेको छ भने पाँच स्थानको ठेक्का प्रक्रिया अघि बढिरहेको छ । आयोजनाको प्रस्थान विन्दुका लागि छनोट भएको खोकना क्षेत्रमा जग्गा विवादसम्बन्धी समस्या कायमै रहेपछि छ विकल्पको अध्ययन भइरहेको सेनाले जानकारी दियो । करिब दुई सय ५५ मिटर अग्लासहित विशेष प्रकारकासहित ६२ वटा पुल निर्माणको ठेक्का भइसकेको जनाउँदै सेनाले बाँकीको प्रक्रिया पनि तदारुकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

    बैठकमा सदस्यले जनताले निकै विश्वास गरेको भरोसायोग्य संस्थाका रुपमा रहेका सेनाको व्यवस्थापनमा अघि बढेको द्रुतमार्ग निर्माण ढिलो हुने र लागत बढ्ने अवस्थाले सेनाप्रतिको दृष्टिकोणमा परिवर्तन आउन नदिनेतर्फ सचेत र सजग रहन सुझाव दिनुभयो । उहाँहरुले निर्धारित लक्ष्य हासिल गर्ने अठोटसँग कार्यप्रगति तालमेल नभएको मात्र नभई काम असाध्यै ढिलो भएको जनाउँदै द्रुतमार्गमा मनपरि र भद्रगोल देखिएको भनी आएका सूचनालाई गलत सावित गर्ने ढङ्गबाट कार्यसम्पादन र जवाफको अपेक्षा गर्नुभयो ।

    सेनाको स्वभाव, आचार, गुणस्तरीय कार्य सम्पादन र समयको परिपालनालाई आँकलन गरी दिइएको जिम्मेवारीमा प्रश्न नआउने गरी जिम्मेवारी पूरा गर्न सुझाव दिँदै सदस्यले गौरवमय सेनाको इतिहासलाई ध्यान दिई काम र व्यवहारले पुष्ट्याइ गर्न सुझाव दिनुभयो । सेनाको पवित्रता र गरिमालाई कायम गर्दै द्रुतमार्गको जिम्मेवारीलाई समयमै पूरा गर्न सैनिक नेतृत्वलाई ध्यानाकर्षण गराउँदै सदस्यले विकटमा सडक खनेर तथा विपद्को साथीका रुपमा प्रमाणित गरेको सेना विवादमा नपरोस् भन्ने भावनालाई आत्मसात् गर्न सल्लाह दिनुभयो ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.