• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

बाहिर भन्ने र सदनभित्र सांसदले गर्ने कार्यबीच फरक देखियो : नेत्री सुब्बा

  •   सोमबार, पुष १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं नेकपा (एमाले) की नेत्री सरस्वती सुब्बाले कानुन निर्माणको मुख्य थलो संसद्ले कानुनको संशोधन र नयाँ कानुन तीव्र गतिमा बनाउने अपेक्षा राखेकामा एक वर्षको अभ्यासमा एउटाबाहेक महत्वपूर्ण भए पनि अरु थुप्रै कानुन बनाउन नसकिएको प्रतिक्रिया दिनुभएको छ । उहाँले विधायकी जिम्मेवारीमा आउनुअघि आफूले “सांसद विकासको पनि संवाहक हो”, भन्ने बुझेकामा कानुन र विधि निर्माणमा मात्रै खुम्चन परेपछि जेजस्तो अपेक्षा र उत्साह थियो त्यो कायम नरहेको अनुभव सुनाउनुभयो ।

    ‘सांसदसँग रासस संवाद’मा नेत्री सुब्बाले भन्नुभयो, “कानुन निर्माणको गति, तर्जुमा गरिएको बजेट र योजना कार्यान्वयनको अवस्था हेर्दा मुलुकको राजनीति अझै तरल अवस्थामा देखिन्छ । राजनीतिले जनताका अपेक्षालाई सही ढङ्गबाट सम्बोधन गर्न नसकेको प्रष्टै अनुभूति हुन्छ ।” गाउँघरमा मतदातासँगको भेटघाटमा बजेट र विकासका योजनासँग जोडिएका विषयवस्तुमै बढी केन्द्रित रही छलफल हुने गरेको उल्लेख गर्दै उहाँले कानुन निर्माणमा प्रभावकारी काम गर्न नसकिएको र विकास निर्माणमा पनि जनताका अपेक्षाबमोजिम काम गर्न नपाएको अवस्थाले प्रत्येक सांसद जनतासामु कठिन प्रश्नको घेरामा परेर आलोचना खेप्न परिरहेको बताउनुभयो ।

    अर्को प्रसङ्गमा नेत्री सुब्बाले महिला सांसद भएकै कारण सदनमा बोल्न र जिम्मेवारी लिने सन्दर्भमा एमालेभित्र कुनै त्यस्तो फरकपनको महसुस नगरेको बताउँदै मुद्दाका आधारमा जिम्मेवारी र समय लिएर बोल्ने गरेको जानकारी दिनुभयो । एमालेको भूमिहीन सुकुम्बासी सङ्गठनको सर्लाही जिल्ला सचिव, राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको जिल्ला अध्यक्षदेखि केन्द्रीय कोषाध्यक्ष, सचिव, महासचिव, अध्यक्षसम्म भएर काम गरेको उहाँसग अनुभव छ । पार्टीको जनसङ्गठन भूमि अधिकार तथा श्रमिक सङ्गठनको उपमहासचिव, भूमिसम्बन्धी उच्चस्तरीय समितिको सदस्य र जिल्ला भूमि आयोगको सदस्य भएरसमेत नेत्री सुब्बाले काम गर्नुभएको छ ।

    उहाँ एमालेका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट सांसद निर्वाचित हुनुभएको हो । सांसद सुब्बाले भन्नुभयो, “बाहिर भन्ने र सदनभित्र सांसदले गर्ने कार्यबीच फरक देखिन्छ । संसद् र संसदीय समितिमा सांसद नियमित र समयमै उपस्थित हुनुपर्नेमा गणपूरक सङ्ख्या नपुगेर बैठक धेरै पटक स्थगित भएको छ । यो साँच्चिकै लाजमर्दो अवस्था हो ।” नागरिकले गरेको अपेक्षाअनुरुप सांसदले पनि आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्न नसकेको स्वीकार गर्दै संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सदस्य समेत रहेकी सांसद सुब्बाले सरकारले ‘बिजनेस’ दिन नसक्दा गएको एक वर्षमा सदन प्रभावकारी हुन नसकेको विचार प्रकट गर्नुभयो ।

    व्यक्ति विशेषले पनि आफ्नो जिम्मेवारीप्रति सजग हुन आवश्यक रहेको उल्लेख गर्दै उहाँले दल विशेषले जनप्रतिनिधिलाई दिने भूमिका र जिम्मेवारीको पक्षसमेत महत्वपूर्ण हुने धारणा राख्नुभयो । निर्वाचनका बेला मत माग्न घरघर जाँदा आम मतदाताले खानेपानीका धारा, बाटो, बिजुलीका पोल, सिँचाइजस्ता स्थानीय विषयमा विशेष चासो राख्ने र उम्मेदवारले पनि त्यसैमा प्रतिबद्धता व्यक्त गर्ने गरेको सुनाउँदै उहाँले अहिले पनि नागरिकको अपेक्षा कानुनभन्दा ती विषय नै प्राथमिकतामा रहेका छन् भन्नुभयो । सांसद सुब्बाका अनुसार, मतदाताको मागबमोजिम कतिपय अवस्थामा आयोजनाका लागि जनप्रतिनिधिले बजेटका सन्दर्भमा मन्त्रालयका कोठा कोठा धाउन परेको अवस्था अझै विद्यमान छ ।

    तर उहाँले निर्वाचनका बेला विकास निर्माणसम्बन्धी कुनै प्रतिबद्धता नगरी केबल सक्दो सहयोग गर्ने मात्र विश्वास दिलाएको घटना सुनाउनुभयो । पछिल्लो समय सरकारले ल्याएको बजेटमा कुनै संशोधन नहुने भएपछि मन्त्रालय पुगेर मन्त्री र सचिवलाई भेट्ने प्रवृत्ति अन्त्य गर्दै प्रतिपक्ष दलको विधायक भएका नाताले कानुन निर्माणमै जोडबल गरेको उहाँले स्पष्ट गर्नुभयो । भूमिहीन नागरिकका सरोकारका क्षेत्रमा विशेष अध्ययन र दख्खल राख्नुभएकी सांसद सुब्बाले सर्लाहीको सागरनाथ वन विकास परियोजनाको तीन हजार एक सय हेक्टर जमिनमा हजारौँ मानिस अव्यवस्थितरुपमा बसोबास गरी खेतीपाती गर्दै आएकाले कानुन बनाएर त्यसलाई व्यवस्थित गर्ने विषय नै जिल्लाको सर्वाधिक प्राथमिकताको विषय भएको बताउनुभयो ।

    सर्लाहीका हरिवन र बागमतीसहित साविकका १२ गाविस चुरे क्षेत्रमा पर्ने भएकाले चुरे संरक्षण र त्यहाँका नागरिकको जीविकोपार्जनका लागि वन र भूमि ऐनमा संशोधन गरी समस्या समाधान गर्ने विषय पनि प्राथमिकतामा रहेको उहाँको भनाइ छ । नेत्री सुब्बाले केही विषयमा पार्टीले पनि प्रतिबद्धता जनाउँदै आएको र भविष्यमा पनि त्यहीँबाट राजनीति गर्नुपर्ने भएकाले विकास निर्माणसँग पनि आफ्नो सम्बन्ध केही हदसम्म जोडिने बताउनुभयो । भूमिसँग जोडिएको भूमिहीनदेखि चुरे संरक्षण, जीविकोपार्जन, अव्यवस्थित बसोबास, कमैया, हरुवाचरुवालगायत विषय रहेको बताउँदै उहाँले त्यो समस्या समाधानका लागि सरकारले आयोग बनाए पनि काम भने कछुवा गतिमा भएको टिप्पणी गर्नुभयो ।

    सांसद सुब्बाले ऐनले अव्यवस्थितलाई ३० कट्ठा, भूमिहीन, दलित र सुकुम्बासीका लागि छ कट्ठा जमिन उपलब्ध गराउने भनी नियमावलीले प्रष्ट गरेको र त्यसअनुसार काम गर्नुपर्नेमा सरकारले पछिल्लो समय वन तथा भूमि ऐन संशोधनका नाममा कामलाई तीव्रता दिन नखोजेको प्रतिक्रिया दिनुभयो । ऐन, कानुन, नीति र नियम मात्र भएर नहुँदोरहेछ भन्दै विधायक सुब्बाले सरकारका मन्त्री र सम्बन्धित विषयका आयोगका पदाधिकारीले कार्यकारी भूमिका निर्वाह नगरे वर्षाैंसम्म समस्या समाधान गर्न चुनौती खडा हुने विचार प्रकट गर्नुभयो । प्रत्येक राजनीतिक दलले सरकार र प्रतिपक्षमा हुँदा गर्ने व्यवहारमा फरक हुने गरेको बताउँदै नेत्री सुब्बाले संसदीय व्यवस्थामा कुनै दल विशेष सरकार र प्रतिपक्षमा रहेर भूमिका खेल्ने कुरा स्वभाविक भए पनि एमालेले सरकारलाई धेरै दुःख नदिएको र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको प्रतिक्रिया दिनुभयो ।

    सरकारले संसद्मा भएका दलहरुसँग सहकार्य, समन्वय र सहयात्रा गरेर जान नेतृत्वमा रहेकाले समन्वयकारी भूमिका खेल्न पर्नेमा जोड दिँदै उहाँले नेतृत्व फेरिँदैमा राष्ट्रका प्राथमिकताप्राप्त योजना र कार्यक्रम प्रभावित पार्ने कार्य ठीक नभएको धारणा राख्नुभयो । नेत्री सुब्बाका अनुसार, भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने सवालमा राजनीतिक दलले मत माग्न जाँदा मात्रै भ्रष्टाचार र सुशासनको कुरा गरेर हुन्न । साँच्चिकै भ्रष्टाचार न्यूनीकरण र सुशासनमा काम गर्ने हो भने प्रत्येक राजनीतिक दलले वडादेखि केन्द्रसम्म तहगतरुपमा सङ्गठनमा रहने हरेक नेता र कार्यकर्तालाई उत्पादन र कामसँग जोड्नुपर्छ । उहाँ भन्नुहुन्छ, “राजनीति सेवा हो, पेसा होइन ।

    राजनीति भनेको तीन महिनामा अन्न भित्र्याएको जस्तो होइन, यसमा लाग्दा खर्च हुन्छ । राजनीतिलाई सेवाका रुपमा लिएर जीविकोपार्जनका लागि अरु पेसा र व्यवसाय गर्नुपर्छ । राजनीतिलाई शुद्ध बनाए आफैँ सुशासन कायम हुन्छ ।” सांसद सुब्बा राजनीतिमा लागेपछि पार्टी प्यालेसबाट छोराछोरीको विवाह गर्न पाइन्छ, महँगो स्कुलमा पढाउन सकिन्छ, घुम्न विदेश जाऔँला, घडेरी किनौँला र घर बनाउँला भन्ने सोच बोक्ने हो भने सुशासन कायम र भ्रष्टाचार न्यूनीकरण कहिल्यै हुन्न भन्नुहुन्छ । कानुन बनाउने पक्षले नै कानुन उल्लङ्घन गर्ने प्रवृत्तिले समाजमा असन्तुष्टि बढेको बताउँदै उहाँले योगदानभन्दा बढी अपेक्षा गर्ने परिपाटीले पनि समाजमा विश्वास कमजोर हुँदै गएको प्रतिक्रिया दिनुभयो ।

    तीन तहका सरकारले सातै प्रदेशमा कोसँग के क्षमता छ त्यसका आधारमा रोजगारी दिने अवसर र अवस्था सिर्जना गर्नु पर्नेमा जोड दिँदै सांसद सुब्बाले सीपका आधारमा स्वदेशमै आयआर्जन र उत्पादनमा लाग्न युवालाई सुझाव दिनुभयो । नेत्री सुब्बाले भन्नुभयो, “पछिल्लो समय नेपालीहरु वास्तविकताभन्दा हल्लामा दौडिने र विश्वास गर्ने प्रवृत्ति बढेको छ । देश बाहिर जाँदा कस्तो दुःख पाइन्छ, त्यतिकै मेहेनत यहाँ गर्ने हो भने के उपलब्धि हुन्छ भनी युवा र विद्यार्थीले बुझ्न जरुरी छ ।”

    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा
    केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.