• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

एष्ट्रोनोभाको विदेश प्रतिनिधिमा नाइजेरियाका आयोला नियुक्त

  •   बुधबार, पुष २५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    मकवानपुर । हेटौंडामा रोबटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्यूचर टेक्नोलोजी र एष्ट्रोनोमीलगायत विज्ञान प्रविधिसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको एष्ट्रोनोभा फाउण्डेशन नेपालको विदेश प्रतिनिधिको रुपमा बाबाटुन्डे आयोला नियुक्त भएका छन् । बुधबार रिपोटर्स क्लब नेपाल मकवानपुरको संयोजनमा हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष किशन बास्तोलाले नाइजेरियाका नागरिक आयोलालाई नियुक्ती पत्र प्रदान गरेका हुन् ।

    बाल मनोविज्ञसमेत रहेका आयोलाले फाउण्डेशनका गतिविधि अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने एवम् अन्तर्राष्ट्रियस्तरका बैज्ञानिकसँग समन्वय तथा सम्बन्ध विस्तार गरी नेपालीहरुको हितका लागि विभिन्न कार्यक्रमहरु ल्याउन पहल गर्ने बताए । सो अवसरमा अध्यक्ष बास्तोलाले फाउण्डेशनलाई अनुसन्धान एवम् आविस्कार केन्द्रको रुपमा विकास गरिने बताए । हाल विज्ञान प्रयोगशाला, कम्प्यूटर प्रयोगशाला स्थापना भइसकेको बताउँदै उनले विज्ञान प्रविधिको क्षेत्रमा बालबालिकाहरुलाई अब्बल बनाउने उद्देश्यका साथ हालसम्म प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा करिब १ लाख विद्यार्थीसमक्ष पुगेको दाबी गरे ।

    फाउण्डेशनले २५ जना विद्यार्थीलाई राष्ट्रिय युवा विज्ञान सम्मेलनमा सहभागी गराएको, ६ जनाले युवा बैज्ञानिक अवार्ड पाइसकेको, ३५ जना विद्यार्थीहरुलाई निरन्तर निशुल्क रुपमा मेकानिकल, सिभिल, आइटी, सफ्टवेयर, कम्प्यूटर लगायतका इन्जिनियरहरुद्वारा प्रशिक्षण दिने कार्य भइरहेको तथा वेवसाइट तथा डिजिटल प्रोजेक्टको तयारी भइरहेको उनले बताए । विद्यार्थीहरुलाई उत्पादनसँग जोड्दै उद्यमशीलताको विकास गर्न फाउण्डेशनले काम गरिरहेको उनको भनाई छ ।

    पुष १७ गतेबाट नेपाल भारत बहुप्राविधिक विद्यालयमा मेकानिकल इन्जिनियरिङ पढ्ने १५ जना विद्यार्थीलाई सोलिड वर्क थ्रीडी डिजाइनिङ वर्कसप सञ्चालन गरिएको, पुष ३० बाट ३ महिनासम्म हेटौंडामा सिभिल इन्जिनियरिङ विषय अध्ययन गरिरहेका १५ जना विद्यार्थीलाई अटोकाड तालिम र मेकानिकल इन्जिनियरिङ पढ्ने १५ जनालाई सोलिडवर्क तालिम सञ्चालन गरिने उनले बताए । बास्तोलाले विद्यार्थीहरुलाई म्याथम्याटिक्स टे«ेनी टे«निङ, कोडिङ तथा प्रोग्रामिङ ल्याङ्वेज कक्षाहरु सञ्चालन भइरहेको जानकारी दिँदै फाउण्डेशन गैर नाफामूलक संस्था भएको र यसले गर्ने गतिविधि आफ्नै खर्चमा भइरहेको बताए ।

    उनले विभिन्न तहका सरकारसँग सहयोगका लागि प्रस्ताव गरेको भन्दै सहयोग प्राप्त भएमा बालबालिकाको क्षमता विकास गरी उद्यमशीलतासँग जोड्न सकिने बताए । पत्रकार सम्मेलनमा रिपोटर्स क्लब मकवानपुरका अध्यक्ष बलराम पुडासैनी, नेपाल पत्रकार महासंघ मकवानपुरका कोषाध्यक्ष केशव समपर्ण सुवेदीलगायत मकवानपुरका क्रियाशील सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

    हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
    बागमती प्रदेशले संघिय सरकारसँग पुनर्निर्माणका लागि एक अर्ब अनुदान माग्ने
    कारले स्कटिङ् गर्दै ल्याएको एक सय ६२ किलो गाँजासहित दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.