• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

जनतासँग जनप्रतिनिधिको सहज पहुँच स्थापित हुनुपर्छ : सङ्गीता मण्डल (धानुक)

  •   शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । राष्ट्रिय हित तथा महिला, मधेसी, दलित, आदिवासी जनजाति समुदायका मागलाई सम्बोधन गर्न संविधानमा छुटेका विषयवस्तुलाई कानुनका माध्यमबाट समावेश गर्न अहिले बढी घोत्लिनुपरेको छ । संविधानसभा सदस्य हुँदा संविधानलाई समावेशी बनाउने सन्दर्भमा दिनरात नभनी चापाचापमा काम गरियो भने अहिले हामी त्यही संविधानमा समावेश गर्न छुटेका र बाझिएका प्रावधान र कानुन मिलाउने काम गरिरहेका छौँ ।

    अहिले संसद्को अधिवेशन नभएकाले ‘मिनी पार्लियामेन्ट’ संसदीय समितिमा सरकारले अघि बढाएका शिक्षा र स्वास्थ्यलगायत विषयका विधेयकलाई सरोकारवालासँग छलफल गरी संशोधनका माध्यमबाट समृद्ध तुल्याउने कार्यमा अहोरात्र खटिरहेका छौँ । मतदाताले हामीलाई कानुन निर्माणका लागि पठाएकाले निरन्तर त्यसमै क्रियाशील हुनुपर्छ भन्ने मान्यतामा म दृढ छु । सबै विषय पढेरमात्र हुन्न कतिपय अभ्यासका माध्यमबाट मात्र जान्न, बुझ्न र राख्न पाइने भएकाले बैठकका अतिरिक्त संसद् र संसदीय अभ्याससम्बन्धी सकेसम्म प्रायः सबै कार्यक्रममा भाग लिने कोसिस गर्दैआएकी छु ।

    सांसद भए पनि महिला भएकाले दैनिक घरव्यवहारको जिम्मेवारी सम्हाल्दै भरसक संसद् र विषयगत समितिका बैठक छाडेको छेन, अधिकांशमै सहभागी हुन्छु । बैठक वा कार्यक्रममा बोल्ने/नबोल्ने वा कति बोल्ने आफ्नो स्वभावमा भर पर्छ, तर बोल्नुपर्ने र कुरा राख्नै रहेछ भने कहिल्यै पछि हट्दिन, विषयवस्तु राखेर छाड्छु । शिक्षासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक झन्डै ५० वर्षपछि ल्याइएको छ । त्यस विधेयकका सम्बन्धमा सरोकारवालाका हिसाबले अपाङ्गता भएका व्यक्तिलाई पनि बोलाएर छलफल गरियो । उहाँहरूका कुरा सुन्दा हामी निकै चिन्तित र मर्माहत भयौँ । हामी कहाँ छौँ, राज्य के गर्दैछ, समस्याको समाधान किन नगरिएको होला भनी निरन्तर मनमा प्रश्न उठिरह्यो ।

    एउटा शिक्षकलाई कतिसम्म सङ्घर्ष गर्नुपर्दाेरहेछ भन्ने लागेको छ । आँखा नदेख्ने र शारीरिक अपाङ्गता भएका व्यक्तिको पीडा र रोदन सुन्दा राज्यले नागरिकबीच किन यस्तो विभेद गरेको होला भन्ने भान भएको छ । शिक्षकले दीक्षा दिएका व्यक्ति नै अहिले राज्यका माथिल्लो विभिन्न तह र तप्कामा पुगेका छन् । घरपछिको ठूलो शिक्षा प्राप्त गर्ने ठाउँ भनेको गुरुकुल र आधारभूत प्राथमिक विद्यालय नै हो । त्यहाँका शिक्षकको अवस्था आफैँमा अस्तव्यस्तजस्तो देखिन्छ । मनमा पीडा भएकाले त्यहाँ पढाउने शिक्षक कोही खुसी देखिन्नन् ।

    यस विषयमा सरकार, राजनीतिक दल, सांसद वा नागरिक को दोषी भनियो भने म आफैँलाई दोषी सम्झन्छु किनभने हामीले समयमा कानुन बनाएनाँै र बनेका कानुनको आवश्यक कार्यान्वयनमा ध्यान पु¥याएनौँ नि ! यसबारे सरकारलाई समयमै दबाब दिएनौँ । शिक्षा र शिक्षकको सम्मान नहुने देशले प्रगति हासिल गर्न सक्दैन । दशौँ दिनदेखि शिक्षा विधेयकमाथि समितिमा निरन्तर बहस र छलफल भइरहेको छ, मन्त्रालयका तर्फबाट उठेका प्रश्नमा ठोस नभई टालटुले जवाफ दिने प्रयास भइरहेको छ । विश्वविद्यालयका कुलपति प्रधानमन्त्री स्वयं हुनुुहुन्छ ।

    शिक्षा क्षेत्र किन यस्तो अस्तव्यस्त हुनपुग्यो ? यो कमजोरी सरकारको हो कि हामी ‘माननीय’ को ? अभिभावकलाई पनि उत्तिकै पीडा छ, आफ्ना सन्तानलाई यहीँ पढाएर राष्ट्र सेवामा लगाउने रहर छ तर त्यो अवस्था र वातावरण अहिले यहाँ देखिन्न । अहिले मुलुकमा धेरै कुराको अभाव छ, त्यसो हुनामा असल शिक्षाकै पनि अभाव देख्छु । असल शिक्षाको अभावकै कारण समाजमा विभिन्न प्रथा र जातीय छुवाछूतको विभेद पनि भएको हो भन्ने लाग्छ ।

    विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा विद्यार्थीलाई आत्मनिर्भर, स्वाभिमान, नैतिकवान् र शिष्ट बनाउने तथा जीवनोपयोगी सामग्री समावेश गरिनुपर्छ । यसबाट विद्यार्थीले इतिहास, भूगोल, समय, परिस्थिति, समाज, देश, विदेश, कर्तव्य र जिम्मेवारी बुझ्न सकून्, देशप्रति गौरव गरून्, कानुनको पालना होस्, राजश्व र करछली जस्ता बेइमानी कार्यमा संलग्न भएको देख्न नपरोस् ।

    कानुन निर्माणमै केन्द्रित

    सांसदले जिम्मेवार भएर समयमै सदन र संसदीय समितिका बैठकमा उपस्थित भई जनता र संविधानले सुम्पिएको कानुन बनाउने मुख्य जिम्मेवारीलाई प्राथमिकतामा राख्नुपर्छ । जनप्रतिनिधि हुनाका नाताले जिल्ला, पालिका र टोलको विकास निर्माणका सन्दर्भमा आउने जनगुनासा कार्यालय, विभाग र मन्त्रालय धाएर गाँठो फुकाउने जिम्मेवारी स्वकीय सचिवमार्फत गर्न सकिन्छ । मेरो जिल्ला महोत्तरीको मुख्य समस्या र प्राथमिकता भनेको शिक्षासँगै स्वास्थ्य, सिँचाइ र खानेपानी नै हो ।

    कानुन निर्माणका विषयमा कोही पनि पूर्ण नहुने भएकाले विधेयकलाई समृद्ध तुल्याउने सिलसिलामा आउने रायसुझावका आधारमा सिक्ने र सिकाउने अभ्यास भइरहेको छ । त्यसमा हामी जति समय दिएर भाग लिन्छौँ, त्यति नै छिटो गुणस्तरीय कानुन तर्जुमा गरेर निकास दिन सक्छौँ । सदनमा आवेग र उत्तेजनामा नआई शालीन, स्वाभाविक र शिष्ट ढङ्गबाटै आफ्ना भनाइ प्रस्तुत गर्न सकिन्छ भन्ने विषयमा राजनीतिक दलबाट आफ्ना सांसदलाई शिक्षा र प्रशिक्षण दिन आवश्यक छ ।

    प्रमुख दलबीच एकार्कालाई शत्रुका रूपमा नभई प्रतिस्पर्धीका रूपमा मात्र हेरिने प्रवृत्ति र ठूलाले शासन गर्नुपर्छ भन्ने मानसिकताले सदनमा बेलाबखत देखिँदै आएको संसदीय अनुशासन र मर्यादा विपरीतका कार्यलाई आगामी दिनमा सच्याउँदै लैजानुपर्छ । विसं २००७ देखिको संसदीय इतिहास हेर्दा धेरैमा देशप्रतिको माया नभई कुर्सीप्रतिको मोहले काम गरेको देखिन्छ त्यस किसिमको सोच र व्यवहारमा व्यापक सुधारको खाँचो छ । देशमा भ्रष्टाचार बढ्नु र सुशासन कमजोर हुनुमा राजनीतिक क्षेत्र मात्र मात्र नभई कर्मचारीतन्त्र पनि त्यत्तिकै दोषी छ ।

    विश्वविद्यालयभित्रै भ्रष्टाचारका कुरा उठ्दा त्यहाँकै पदाधिकारी र कर्मचारीलाई दोषी मान्नुप¥यो नि ! कसै न कसैका संरक्षणमा त्यस्ता गलत प्रवृत्ति मौलाइरहेको छ भन्ने मूल विषय हो । कानुनबमोजिम प्राप्त सेवासुविधा मात्रै लिएर सबैलाई बाँच्ने र बचाउने अभियानमा जुुटनुपर्छ । बलात्कारबाट शिशु जन्माएकी रामगोपालपुरकी युवतीलाई राज्यबाट खोइ त न्याय र संरक्षण भएको ? आवश्यकतानुरुप बनेका कानुन कार्यान्वयन गर्नाको साटो पदीय दुरुपयोग गर्दै जनतालाई तर्साउने काम पनि कतिपय जनप्रतिनिधिबाटै भइरहेको सुनेकी छु ।

    यस्ता प्रवृत्ति पनि हामीले सच्याउनैपर्छ । जनतासँग जनप्रतिनिधिको सहज पहुँच स्थापित हुनुपर्छ । संसद् र संसदीय समितिमा कानुन निर्माण र कोरम पु¥याउने मामिलामा महत्वपूर्ण योगदान दिए पनि महिला भएकै कारण सदन र सरकारमा समान अवसर र पहुँच स्थापित गर्ने मामिलामा भने विभेदको महसुस हामीले गरेका छौँ ।

    स्वदेशमै पसिना बगाऔँ

    निर्वाचनका बेला कस्तो उम्मेदवारलाई मतदान गरियो भन्ने महत्वपूर्ण सवाल भएकाले केही व्यक्तिविशेषले गरेका बदमासीलाई लिएर सोलोडोलोमा हेरिन हुँदैन । निर्वाचनमा अवसरवादीलाई रोज्ने अनि काँडा रोपेर कमलको फूल पाइन्छ र ? कतिपय सञ्चारमाध्यमले पनि विदेश गएपछि सबैै चीज सजिलो र ठीकठाक हुन्छ भनी सन्देश प्रवाह गरिरहेको छ, त्यो सबै सही होइन, त्यहाँ पनि निकै दुःख र सङ्घर्ष गर्नुपर्छ ।

    आफ्ना देशमा कुटाकोदालो गर्न हिचकिचाउने र अर्काका देशमा भने तल्लोस्तरको जस्तोसुकै काम गर्न तयार हुने प्रवृत्ति गलत छ । मुलुकको फितलो शिक्षा र शैक्षिक बेरोजगारीले यो समस्या निम्त्याएको हो । सुखदुःख जेजस्तो भए पनि यहीँका कलेज र विश्वविद्यालयमा अध्ययन गरौँ । आफ्नै भूमिमा खनी खोस्री गरौँ, यही भूमिलाई सिञ्चित गरौँ । आज कालो बादल भए पनि भोलि बिहान पक्कै सूर्यको उज्यालो किरण आउने छ ।

    सांसद धानुकको परिचय

    नेपाली कांग्रेस नेत्री धानुक महोत्तरी निर्वाचन क्षेत्र नं ४ रामगोपालपुरका स्थायी बासिन्दा हुनुहुन्छ । नेपाल विद्यार्थी सङ्घमा रही राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा सक्रियपूर्वक संलग्न धानुकसँग महोत्तरीबाट लगातार चारपटक पार्टी महासमिति सदस्य भई काम गरेको अनुभव छ ।

    पहिलो संविधानसभा र विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीका लागि दलको बन्दसूचीमा उहाँको नाम समावेश थियो । नेत्री धानुक विसं २०७० को दोस्रो संविधानसभा सदस्य तथा २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । (प्रतिनिधिसभा सदस्य धानुकसँग राससका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गर्नुभएको कुराकानीको सम्पादित अंशः)

    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा
    केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.