• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

‘मानवजाति र जनावरबीचको समस्या समुदाय र सरकार मिलेर गर्नुपर्छ’

  •   आइतबार, पुष २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडाैँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बर्दियामा मानव र जनावरबीचको द्वन्द्व समाधानका लागि स्थानीय समुदाय र तीनवटै तहका सरकार मिलेर हल गर्नुपर्नेमा जोड दिनुभएको छ । आज बाँसगढी औद्योगिक व्यापार मेलाको उद्घाटनका अवसरमा उहाँले निकुञ्ज क्षेत्रको विकाससँगै यस क्षेत्रमा वर्षेनी वन्यजन्तुको वृद्धि भएको र जङ्गली पशुपन्छीहरू उचित बासस्थान तथा आहारको खोजीमा निकुञ्ज क्षेत्र बाहिर निस्कँदा मानवीय क्षति हुने र बालीनालीमा समेत क्षति पुग्न गएको यो समस्याको समाधानका लागि सङ्घीय सरकार गम्भीर रहेको बताउनुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।

    उपप्रधानमन्त्री खड्काले लुम्बिनी प्रदेशको अन्न भण्डारका रूपमा रहेको बर्दियामा सिँचाइ आयोजनालगायतका राष्ट्रिय गौरवका आयोजना निर्माण शीघ्र सम्पन्न गरी कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । यसका लागि सरकारले आवश्यक सहयोग उपलब्ध गराउने उहाँको भनाइ थियो । उपप्रधानमन्त्री खड्काले रासायनिक मलको अभाव, कृषियोग्य जमीनमा सिँचाइको अपर्याप्तता, कृषकहरूलाई उचित तालिम र प्रशिक्षणको अभाव, कृषिमा आधुनिक प्रविधि र पद्धतिको प्रयोग आवश्यक मात्रामा गर्न नसक्दा यहाँको कृषि क्षेत्रबाट जति मात्रामा फाइदा लिन सकिने हो त्यो लिनसकिएको बताउनुहुँदै प्रदेश र स्थानीय तहले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा मद्दत पुग्ने गरी कार्यक्रम कार्यान्वयन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

    “म यहाँका धेरै सम्भावना र समस्याबारे परिचित छु। खासगरी खुला सीमा नाकाका कारण यहाँ विभिन्न किसिमका घुसपैठ भई समय समयमा विभिन्न किसिमका अपराधका घटना घट्ने तथा लुकीछिपी हुने चोरी निकासी पैठारीले स्थानीय तहमा स्वच्छ व्यापारलाई फस्टाउनमा व्यवधान सिर्जना गरिरहेका छन्”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “यसलाई हामी सबैले मिलेर नियन्त्रण गर्न जरुरी छ ।” उहाँले मुलुकको अर्थतन्त्र सुधार र समाधानका लागि सरकारले प्रयास गरिरहेको र त्यसैका कारण अर्थतन्त्रमा सुधार देखिन थालेको भन्दै उद्योगी व्यवसायीलाई निराश नहुन आग्रह गर्नुभयो ।

    आजदेखि सुरु हुन लागेको महोत्सवले यस क्षेत्रको धार्मिक एवम् पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटनको विकास गरी पर्यटन उद्योगलाई प्रवद्र्धधनमा सहयोग पुग्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । साथै स्थानीय तहमा सञ्चालित घरबासलाई थप व्यवस्थित गर्न समेत यसले उत्प्रेरित गर्ने उहाँको भनाइ छ । “यस औद्योगिक तथा व्यापार मेलाले यस क्षेत्रको आर्थिक रुपान्तरणमा सकारात्मक योगदान पुग्नेमा कुनै शङ्का छैन ।

    मेलाले स्थानीय कृषक, उद्यमी, व्यवसायी, कलाकारहरू सबैलाई एकै ठाउँमा जुटाई आफ्नो उत्पादन र सिर्जनाहरू व्यवस्थित तवरले प्रस्तुत गर्न, एक आपसमा ज्ञान तथा अनुभवको आदान प्रदान गर्न र सहकार्यका क्षेत्रहरू पहिल्याउन ठूलो सहयोग पु¥याउने कुरामा म विश्वस्त छु”, उहाँले भन्नुभयो । यस्तै सरकारले आम नागरिकलाई सुशासनको अनुभुति हुने र दैनिक राहत महसुस गर्ने गरी काम गरिरहेको बताउनुभयो । यस किसिमका औद्योगिक प्रदर्शनी तथा महोत्सवले साना तथा मझौला उद्योगको विकास गर्न सहयोग पुग्ने, यस क्षेत्रमा विभिन्न उद्यम व्यवसायका लागि लगानी विस्तार गर्न समेत प्रोत्साहन मिल्ने उहाँको भनाइ थियो ।

    यस्तै सङ्घीय सरकारले बनाउने केही कानुन निर्माणमा ढिलाइ भएको भएपनि अब आउने हिउँदे अधिवेशनमा सरकारले आवश्यक सङ्घीय कानुन बनाउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । ढिलोमा अब एक महिनामा सुकुम्बासीले पाउने लालपुर्जा लिँदा लिने राजश्वमा समेत सरकार घटाउने र त्यसले भूमिहीन तथा सुकुम्बासीले ठूलो राहत पाउने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । उहाँले राजनीतिदलबीच आस्था र बिचार अलग–अलग भएर चुनावमा प्रतिस्पर्धा भएपनि विकास निर्माणका विषयमा सबै एक ठाउँ हुनुपर्नेमा जोड दिनुभयो ।

    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा
    केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.