• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

आमा समूहद्वारा सामूहिक आलुखेती

  •   शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गलेश्वर । परम्परागतरुपमा गरिँदै आएको गहुँ तथा तोरीखेतीबाट राम्रो आम्दानी नभएपछि म्याग्दीको बेनी नगरपालिका–२ अम्बोटका महिलाले सामूहिक आलुखेती गरेका छन् । अम्बोट आमा समूहमा आबद्ध ३० महिलाले ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेका हुन् ।

    कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा कृषि उत्पादन प्रवद्र्धन आयोजनाअन्तर्गत सो समूहलाई रु तीन लाख अनुदानबाट दुईवटा हाते ट्र्याक्टर, औजार, स्प्रे मेसिन, सिँचाइ पाइपलगायत औजार अनुदानमा दिएको छ । रु एक लाख ८१ हजार लागतमा बीउ खरिद गरी आलुखेती विस्तार गरिएको अम्बोट आमा समूहकी अध्यक्ष लक्ष्मी घिमिरेले जानकारी दिनुभयो ।

    अनुकुल वातावरण, सहज बजार मूल्य, अनुदान प्राप्त भएपछि उत्साहित समूहमा आबद्ध ती महिलाले दुई हजार पाँच सय ५० किलो खायन प्रजातिको आलुको बीउ लगाएका हुन् । “सिङ्गो गाउँ आलुखेतीमा आकर्षित भएको छ, अनुदान र प्राविधिक सहयोगले आलुखेती विस्तारमा निकै सहज भएको छ”, अध्यक्ष घिमिरेले भन्नुभयो । समूहमा काम गर्दा एकापसमा ज्ञान तथा सीप आदानप्रदान समेत भएको भन्दै यसपटक लगाइएको आलु राम्रो उत्पादन भएको अध्यक्ष घिमिरेको भनाइ छ ।

    अनुदान र समूहको सामूहिक लगानीमा विस्तार गरिएको आलुको उत्पादनसँगै आगामी वर्ष थप योजना बनाउने समूहकी सचिव सुनिता घिमिरेले बताउनुभयो । समूहमार्फत खेती प्रवद्र्धनका लागि आवश्यक पर्ने तालिमसहित प्राविधिक ज्ञान र नियमित अनुगमनले समेत आलुखेतीका लागि सहज भएको जनाइएको छ ।

    समूहले लगाएको आलुखेतीको अवस्थाका बारेमा ज्ञान केन्द्रका प्रतिनिधिसहित वडाअध्यक्ष यामबहादुर कार्कीको उपस्थितिमा समेत सार्वजनिक सुनुवाइमा प्रगति प्रस्तुत गरिएको थियो । आलुखेतीको सम्भावना भएको क्षेत्र भएकाले बेनी –२ का आम्बोटलगायत विभिन्न बस्तीमा आलुखेतीको विस्तार र कृषकले उत्पादन गरेको आलुलाई बजारीकरणमा सघाउने वडाअध्यक्ष कार्कीले बताउनुभयो । “घरायसी प्रयोजनका लागि मात्रै खेती गर्ने गरिएको थियो, अहिले गाउँमा व्यावसायिक आलुखेतीमा समेत आकर्षण बढेको छ”, उहाँले भन्नुभयो ।

    चालु आर्थिक वर्ष २०८०/०८१ मा कृषि ज्ञान केन्द्रले आलु खेतीका लागि जिल्लाभर तीन करोडको कार्यक्रममार्फत छनोट भएका कृषक समूह र सहकारीलाई प्रतिरोपनी रु १२ हजारका दरले बीउ खरिदलगायत उपकरण किन्नका लागि अनुदान उपलब्ध गराइरहेको कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामसरण कुर्मीले जानकारी दिनुभयो । कम्तीमा १० घरधुरी समेटिएकोे ३० रोपनीभन्दा बढीमा आलुखेती गर्ने १८ वटा समूह तथा सहकारी अनुदानका लागि छनोट गरी कूल लागतको ७५ देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइएको छ । जिल्लामा स्थानीय सेतो, रातो जातको आलु, नीलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुन्छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.