• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

आज राससको ६३औँ वार्षिकोत्सवः सबैमा बधाई र शुभकामना

  •   सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । मुलुकको प्रमुख समाचार समितिका रुपमा निरन्तर समाचार सेवा प्रदान गर्दै आएको राष्ट्रिय समाचार समिति (रासस) आजदेखि ६२ वर्ष पूरा गरी ६३ औँ वर्ष प्रवेश गरेको छ । आजको यस विशेष दिनमा यस समाचार समितिलाई जन्म दिने संस्थापकहरुप्रति हार्दिक नमन गर्दै उहाँहरुको स्मरण गर्न चाहन्छु । साथै गएको छ दशकभन्दा लामो समयदेखि मुलुकको समाचार समितिका रुपमा अनवरत सेवा दिने यस समितिमा संलग्न सबै नेतृत्व वर्ग, कर्मचारी एवं सञ्चारकर्मी सबैमा मेरो हार्दिक कृतज्ञता छ । विगतको कठिन परिस्थितिमा पनि उहाँहरुको योगदान र परिश्रमबाट आज रासस यहाँसम्म आइपुगेको छ र हामी ६३ औँ वार्षिकोत्सव मनाउन सक्ने भएका छौँ । यसका लागि सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

    समाचार समितिको स्थापना मुलुकका पत्रपत्रिकाहरुलाई समाचार दिने एक सहयोगी संस्थाका रुपमा भएको तथ्य त हामीलाई विदितै छ । नेपाल सरकारले विसं २०१४ मा गठन गरेको प्रेस कमिसनले विसं २०१५ मा दिएको रिपोर्टमा देशमा पत्रपत्रिकाहरुको सङ्ख्या बढेकाले उनीहरुलाई सहयोग पुगोस् र देशैभरिबाट समाचार सङ्कलन गरी ती पत्रपत्रिकालाई उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले देशमा समाचार समिति स्थापना गर्न सुझाएको थियो । सोही सुझावअनुसार विसं २०१६ पुस १ गते नेपाल संवाद समितिको स्थापना भएको हो । देशका युवा पत्रकारहरु गोपालदास श्रेष्ठ, मदन शर्मा, गोविन्द वियोगी र गणेश मानन्धरले नेपाल संवाद समितिको स्थापना गरी पत्रपत्रिकालाई समाचार उपलब्ध गराउने कामको सुरुआत गर्नुभएको थियो । यसरी नेपाल पनि समाचार समिति युगमा प्रवेश गरेको करिब पाँच महिनापछि पत्रकारहरु मणिन्द्रराज श्रेष्ठ, पशुपतिदेव पाण्डे र शङ्करनाथ शर्माले पुनः अर्काे समाचार समितिको स्थापना गर्नुभएको थियो । विसं २०१७ वैशाख ३० गते मुलुकको दोस्रो समाचार समितिका रुपमा सगरमाथा संवाद समितिको स्थापना भएको इतिहास छ ।

    पछि यी दुवै समाचार समितिलाई गाभेर नेपाल सरकारको व्यवस्थापन एवं मातहतमा रहने गरी २०१८ साल फागुन ७ गते राष्ट्रिय संवाद समितिको स्थापना गरिएको थियो । यसरी रासस स्थापना गर्दा नेपाल सरकारका तर्फबाट सरकारका तत्कालीन सचिव रामराज पौड्याल, नेपाल संवाद समितिका तर्फबाट गोविन्द वियोगी र सगरमाथा संवाद समितिका तर्फबाट मणिन्द्रराज श्रेष्ठ संस्थापकका रुपमा रहनुभएकोे थियो । वर्तमान राससका संस्थापक उहाँहरुप्रति म आजको यस उत्सवका दिनमा हार्दिक नमन गर्दछु ।

    यसरी जन्मिएको देशको प्रमुख समाचार समिति राससले आफ्नो स्थापनाको ६२ वर्ष पूरा गरेको छ । कुनै सञ्चारमाध्यम अनवरत रुपमा ६२ वर्षसम्म सञ्चालनमा रहेर सूचना सेवा प्रदान गर्न सक्नु सामान्य कुरा होइन । अनेक राजनीतिक आरोह अवरोह, प्राकृतिक प्रकोपदेखि लिएर विविध प्रतिकूलता भोग्दै रासस आजसम्म आइपुगेको छ । छ दशकसम्मको आफ्नो सेवामा राससले धेरै अनुभव सँगालेको छ र अनेक इतिहासको साक्षी पनि बनेको छ । योसँग मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं अनेकन भोगाइहरु छन् । दलविहीन निरङ्कुश पञ्चायती व्यवस्था हुँदै विसं २०४६ मा प्रजातन्त्रको पुनःस्थापना, विसं २०६२÷६३ को जनआन्दोलन हुँदै लोकतन्त्रको स्थापना तथा संविधानसभाको निर्वाचन र यसको जनमतको आधारमा गणतान्त्रिक नेपालको स्थापनासम्मका ऐतिहासिक घटनाहरुको रासस प्रत्यक्ष साक्षी भएर रहेको छ । यसरी नेपालको इतिहासका अनेक भोगाइहरु सँगाल्दै राससले आफ्नो छ दशकभन्दा लामो इतिहास पूरा गरेको छ ।

    समाचार समिति वास्तवमा मुलुकका सबै सञ्चारमाध्यमहरुको साझा सहयोगी संस्था हो । जसरी मुलुकमा समाचार समितिको जन्म त्यस समयका पत्रपत्रिकाको सहयोगका लागि भएको थियो आज पनि समाचार समितिको त्यो मुख्य उद्देश्य र धर्मबाट रासस कति पनि पछि हटेको छैन । आज पनि रासस देशका सबै सञ्चारमाध्यमहरुकै सहयोगी संस्था हो । मिडियाहरुको पनि मिडिया तथा समाचारको मुहानका रुपमा राससले आज पनि देशका सञ्चारमाध्यमहरुलाई सूचना सेवा प्रदान गर्दै आएको छ । विश्वका अन्य देशहरुमा जस्तै हामी पनि नेपालमा सञ्चारमाध्यमहरुको सहयोगी र साझा संस्थाका रुपमा सेवा प्रदान गर्न चाहन्छौँ र गरिरहेका पनि छौँ ।

    रासस राज्यको समाचार समिति भएकाले यसको सेवा र यसका समाचार पेजहरुमा राज्यको स्वरुप झल्किनुपर्छ भन्ने मान्यतामा हामी छौँ । हामीले ठान्दछौँ कि यसले दिने सूचना सेवामा समेत राज्यको समावेशी झल्को देखियोस् र राज्यका हरेक जातजाति, भाषा एवं सम्प्रदायका मानिसले राससको समाचार बुलेटिनमा आफूलाई पाउन सकोस् । यसका लागि हामीले पछिल्लो समयमा यहाँ काम गर्ने सञ्चारकर्मी हुन् या कर्मचारीमा समावेशी प्रतिनिधित्वलाई ध्यान दिएका छौँ ।

    त्यसैगरी राससले मुलुकका सबै मातृभाषा बुझ्नुपर्छ भन्ने हाम्रो मान्यताबमोजिम नै हामीले विभिन्न मातृभाषाका समाचार सम्प्रेषण गर्ने नीति लिएका हौँ । यसको पछिल्लो उदाहरण हामीले अवधी भाषाको समाचार सेवा सुरु गरेका छौँ । यो मातृभाषाको सेवालाई विस्तार गरी हामी जतिसक्दो धेरैभन्दा धेरै भाषासम्म पु¥याउने उद्देश्यका साथ ती प्रयासहरुलाई हामीले जारी राखेका छौँ । हाम्रो यो अभियानमा सहभागी हुन हामीले देशका प्रदेश तथा स्थानीय सरकारलाई आह्वान पनि गरिरहेका छौँ । कतिपय स्थानीय सरकारले हाम्रो समावेशी अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको कुरा पनि म आजको यस विशेष दिनमा जानकारी गराउन चाहन्छु ।

    वास्तवमा समाचार समितिले मुलुकका सबै प्रकृति र विधाका सञ्चारमाध्यमहरुलाई सबै समाचार सेवा प्रदान गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । सोहीबमोजिम हामी गएको वर्षदेखि श्रव्यदृश्य सेवा पनि सुरु गरेका छौँ । पत्रकारिताका विकसित विधाहरुमा प्रविधिका कारण पछिल्लो समय डिजिटल पत्रकारिताको स्वरुप र गति बढ्दो छ । यसका लागि श्रव्यदृश्य आवश्यक रहेको ठानेर सुरु गरेको यस सेवाबाट देशका टेलिभिजनहरुका साथै अन्य अनलाइन सञ्चारमाध्यमहरु पनि लाभान्वित भएको हामीले महसुस गरेका छौँ । प्रविधिले अहिलेको पत्रकारितालाई क्षणभरमै संसारको कुनाकाप्चासम्म सूचना प्रवाह गर्नसक्ने क्षमतामा पु¥याइदिएको छ । त्यसैले सूचनाको यो द्रुत विकसित र विस्तारित बजारमा आफूलाई पनि अब्बल रुपमा स्थापित र सावित गर्न आफ्ना विविध सेवाहरुलाई थप परिस्कृत गर्दै लैजाने सोचका साथ हामी अघि बढेका छौँ । अर्को कुरा समाचार समिति सुत्दैन अर्थात् उनलाई सुत्ने समय हुँदैन भन्ने पनि हामीलाई हेक्का छ । त्यसैले हामी २४सैँ घन्टा समाचार सेवा प्रदान गर्ने सोचका साथ अघि बढिरहेको कुरा पनि आजको यस विशेष दिनमा जानकारी गराउनु उपयुक्त ठान्दछु । यसकार्यमा नेपाल सरकार मुलुकका सबै सञ्चारमाध्यमहरुका साथै सबैको साथ र सहयोग रहनेछ भन्ने अपेक्षा हामीले गरेका छौँ ।

    राससले हाल नेपाली, अङ्ग्रेजी र अवधी भाषामा समाचार सम्प्रेषण गर्दै आएको छ । राससले नेपाली समाचार, अङ्ग्रेजी समाचार, अन्तर्राष्ट्रिय समाचार, आलेख र विचार, तस्बिर, अडियो र श्रव्यदृश्य समाचार प्रदान गर्दै आएको छ । हामी बिहान ६ देखि राति १०ः३० बजेसम्म निरन्तर समाचार सेवामा रहेका छौँ । देशका ७७ वटै जिल्ला र केही विदेशमा पनि हाम्रा समाचारदाताहरु रहनुभएको छ र देश तथा विदेशबाट समाचार सम्प्रेषण गर्ने उहाँहरु नै हाम्रा प्रमुख आधारशिला हुनुहुन्छ । उहाँहरुसहित राससका सबै सञ्चारकर्मी र सबै कर्मचारीहरुमा आजको यस दिनमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु । त्यसैगरी आजको यस दिनमा राससका सबै सेवाग्राही सञ्चारमाध्यमहरु पनि धन्यवादका पात्र हुनुहुन्छ । नागरिकलाई सत्यतत्य सूचना प्रदान गर्ने राष्ट्रिय दायित्वसहितको कर्तव्यपथको आगामी यात्रामा अझ परिस्कृत र सशक्त रुपमा अघि बढ्न यहाँहरुको आवश्यक मार्गनिर्देशनको अपेक्षा गर्दछौँ । रासस परिवारमा बधाई र सबैमा हार्दिक शुभकामना । धर्मेन्द्र झा, कार्यकारी अध्यक्ष/रासस

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.