• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ८. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

तेह्र वर्षीय बालकको कला : दिनमा विद्यालय, बिदामा दोहोरी साँझ

  •   बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । माध्यमिक तहमा पढ्ने विद्यार्थीले आफूलाई आवश्यक कापी, कलमलगायत अतिरिक्त शुल्कको व्यवस्था गर्न अभिभावकको भर पर्ने कुरा सामान्य नै हो । व्यास नगरपालिका–२ दमौलीस्थित बालमन्दिर माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्ने १३ वर्षीय शिवशङ्कर बुढाले भने अतिरिक्त समयमा दोहोरी साँझमा मादल बजाएरै शिक्षण सामग्रीमात्र नभई घरखर्चको प्रबन्धसमेत गर्दै आउनुभएको छ । आफ्ना बुवा कलाकार ४२ वर्षीय विश्व बुढामार्फत दुई वर्षअघि मादल बजाउने सीप सिकेपछि हिजोआज शिवशङ्करको अतिरिक्त समय व्यास–२ दमौलीस्थित मादिसेती दोहोरीसाँझमा मादल बजाएर बित्ने गर्दछ ।

    व्यास–१४ केशवटार घर भई हाल व्यास–३ देउरालीनगरमा बस्दै आउनुभएका शिवशङ्करले पढाइका अलावा अतिरिक्त समयमा मनोरञ्जनका लागि आफूले दोहोरी साँझमा दैनिक करिब एक घण्टा मादल बजाएर पढाइ र घरखर्चको जोहो गर्दै आएको बताउनुभयो । “विद्यालयको गृहकार्य सकिएपछि घरमा त्यसै बस्नुभन्दा थप सीप आर्जन गर्न कहिलेकाहीँ दोहोरी साँझमा मादल बजाउनसमेत जाने गर्दछु, बिदाको समय मिलाएर बुवासँग दैनिक एक घण्टा जति मादल बजाएर थप सीप आर्जन गरेको छु”, शिवशङ्करले भन्नुभयो, “बुवासँगै मादल बजाउने गर्दा थप सीप निखार्न मात्र नभई महिनाको रु १२–१४ हजार कमाउने गर्दै आएको छु ।”

    दोहोरी साँझमा आउने ग्राहकले समेत आफ्नो प्रतिभा देखेपछि पुरस्कारस्वरुप हातमा रकम थमाउने गर्दा झनै हौसला मिल्ने गरेको शिवशङ्करको भनाइ छ । भविष्यमा आफू मादललगायत गीतसङ्गीतको क्षेत्रमा सक्रियरूपमा लाग्ने सोच बनाएको शिवशङ्करले बताउनुभयो । उक्त दोहोरी साँझमा सांस्कृतिक संयोजकसमेत रहनुभएका कलाकार विश्व बुढासँग बिदा र अतिरिक्त समयमा छोरा शिवशङ्करले बजाएको मादल दोहोरी साँझका ग्राहकले निकै मन पराउने गरेको दोहोरी साँझका सञ्चालक शुुभद्रा श्रेष्ठले बताउनुभयो ।

    “बिदाको समयमा बुवासँगै साथ लागेर आउनुहुने शिवशङ्करले मादल बजाएको देख्दा सबै चकित पर्नुहुन्छ, थप सीप सिक्ने अवसरका रूपमा शिवशङ्करलाई सकारात्मक वातावरण बनाएको छ”, उहाँले भन्नुभयो, “शिवशङ्करले बजाएको देख्दा परिपक्व मादल बादकले बजाएको जस्तो महसुस हुने गर्छ ।” आफूले मादल बजाएको देखेर छोराले समेत सिक्ने इच्छा व्यक्त गरेपछि बिदाको समय पारेर आफूसँगै दोहोरी साँझ र मेला महोत्सवमा समेत प्रयोगात्मक सीप सिकाउन लैजाने गरेको शिवशङ्करका बुवा विश्वले बताउनुभयो ।

    दमौलीमा फागुन २५ गतेदेखि तीन दिनसम्म जारी महिला उद्यमी व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेलामा बिदाको समय पारेर शिवशङ्करले मादल बजाएर सबैको मन जितेको उहाँ बताउनुहुन्छ । शिवशङ्करले ख्याली, झ्याउरे, टप्पा, रोइला, कौराह, सालैजो, सवला, मारुनी, सुगम सङ्गीत र अविलम विलम तालमा मादल बजाउन सिकेको बुवा विश्वको भनाइ छ । बालअधिकार हनन नहोस् भन्नेतर्फ आफू सचेत रहेकाले बिदाको भन्दा अन्य समयमा छोरा शिवशङ्करलाई पढाइमा नै केन्द्रित गराएको बुवा विश्वले बताउनुभयो ।

    “यो तालमा यसरी बजाउने भनेपछि छोराले सजिलै टिप्छ, उनको मादल बजाउने र सिक्ने क्षमता देखेर म पनि छक्क परेको छु”, मादलबादक विश्वले भन्नुभयो, “बिदाको दिन पारेर मादल बजाउन छोरालाई मसँगै दोहोरी साँझमा लैजाने गरेको छु, त्यसले गर्दा छोराको सीप विकाससँगै केही गर्न सक्छु भन्ने आत्मविश्वाससमेत बढेको मैले पाएको छु ।” पढाइमा समेत अभिरुचि राख्ने शिवशङ्करले विद्यालयमा आयोजना हुने हरेक सांस्कृतिक कार्यक्रममा निकै राम्रो मादल बजाएर सबैको मन जित्ने गर्दै आएको विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद खनालले जानकारी दिनुभयो । बुवा विश्व उक्त विद्यालयको कक्षा १२ का र छोरा शिवशङ्कर कक्षा ७ का विद्यार्थी भए पनि बाबु र छोराबीच साथीको जस्तो सम्बन्ध रहेको प्रधानाध्यापक खनालले बताउनुभयो ।

    “विद्यालयका हरेक सांस्कृतिक कार्यक्रममा शिवशङ्करले निकै राम्रो मादल बजाउने गर्छन्”, प्रधानाध्यापक खनालले भन्नुभयो, “सैद्धान्तिक मात्र नभई व्यवहारिक शिक्षा अहिलेको आवश्यकता हो भन्ने कुरा अहिले सबैतिर उठेको पाइन्छ, तर यसको ज्वलन्त उदाहरणका रूपमा शिवशङ्करको मादल बजाउने सीपलाई लिन सकिन्छ ।”

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.