• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ८. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

गलेश्वर आश्रम सञ्चालक समितिमा १३ सदस्य मनोनित

  •   शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट ।  पवित्र धार्मिकस्थल देवघाटस्थित गलेश्वर आश्रमका महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको अध्यक्षतामा सञ्चालक समितिमा १३ जना सदस्य मनोनित भएका छन् ।

    आश्रमको २९औँ साधारणसभाले आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज, देवघाटकै स्वामी अद्वेतानन्द गिरी, गैँडाकोट–८ नवलपुरका भोजराज पौडेल, कलङ्की काठमाडौँका एकारत्न आचार्य, विदुर नगरपालिका नुवाकोटका महेन्द्र प्याकुरेल, रामनगर चितवनका राजेन्द्रप्रसाद अर्याल, नक्साल काठमाडौँका सुशीलकुमार पन्त, बसुन्धरा काठमाडौँका सुनिलपाणि गौतम, बाँसबारी काठमाडौँका विष्णु पोख्रेल, मित्रपार्क काठमाडौँका डा वासुदेवकृष्ण शास्त्री, भरतपुर–२ चितवनका प्रा डा मनोहरलाल प्रधान, टोखा काठमाडौँका दीपक कुँवर र टाँडी चितवनका रामहरि अर्याललाई सञ्चालक समिति सदस्य मनोनित गर्ने निर्णय गरेको हो ।

    उहाँहरू चार वर्षका लागि सञ्चालक समिति सदस्य मनोनित भएको गलेश्वर आश्रमले जनाएको छ । देवघाटघाम–५, तनहुँमा रहेको गलेश्वर आश्रमको स्थापना विक्रम सम्वत् १९८० मा योगनिष्ठ सिद्धयोगी ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)ले गर्नुभएको हो । आश्रमअन्तर्गत एक सय ८५ वटा कुटी छन् । त्यसैगरी ज्योतिर्लिङ्गेश्वर महादेव, सिद्धेश्वर महादेव, गङ्गामाता मन्दिर, सङ्क्षल्पेश्वर हनुमान मन्दिर, राधाकृष्ण मन्दिर, १०८ नर्मदेश्वर शिवलिङ्ग, महाकालेश्वर शिवालय, राधाकृष्ण मन्दिर र वृद्धेश्वर महादेव मन्दिर छन् ।

    आश्रमअन्तर्गत वेदवेदाङ्ग विद्यालय एवं संस्कृत विद्यापीठ सञ्चालित छ । उक्त विद्यालय गलेश्वर बाबाले २०२३ सालमा स्थापना गर्नुभएको हो । हाल आश्रमको पीठाधीशमा अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज हुनुहुन्छ । उहाँको पदाभिषेक २०५३ सालमा शङ्कराचार्य जयन्तीका दिन भएको थियो । हालसम्म स्वामीजीको कुशल नेतृत्वमा आश्रम सञ्चालित छ । आश्रमअन्तर्गत प्रवचन हल, गोष्ठी सेमिनार हल, कीर्तन हल र करिब सय कोठाको साधक भवन रहेको छ । आश्रमअन्तर्गतको वेदवेदाङ्ग विद्यालय भवनमा १५ कोठा थियो । हाल करिब रु १५ करोड लगानीमा बनेको वेदवेदाङ्ग संस्कृत विद्यापीठ भवन सम्पन्न हुने चरणमा पुगेको छ ।

    त्रिचालीस कोठे यो भवनमा सन्ध्या हल र कार्यक्रम हल पनि छ । आश्रमअन्तर्गतको धर्मशालामा पुरुष र महिला यात्रुका लागि दुईवटा हल, २२ कोठा र सुविधासम्पन्न शौचालय एवं स्नानकक्ष छन् । तीर्थयात्रीका लागि निःशुल्क बास र भोजनको व्यवस्था आश्रमले मिलाएको छ । आश्रमअन्तर्गत देवघाटवासीका लागि निःशुल्करूपमा देवघाट धर्मार्थ अस्पतालबाट स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

    आश्रमद्वारा सञ्चालित देवघाट एनआरएन वृद्धाश्रममा ८५ जना वृद्धवृद्धा हुनुहुन्छ । आश्रमको उद्देश्यअनुसार निःशुल्क भोजन, निःशुल्क संस्कृत शिक्षा, तीर्थबास र निःशुल्क स्वास्थ्य सेवा गर्दै ‘अतिथि देवो भवः’ मूलमन्त्रको साथै पञ्चशालामार्फत हरेक तीर्थयात्री र भक्तजनले सेवा लिन र दिन सक्ने व्यवस्था मिलाइएको छ ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.