• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

गैँडाकोटमा नदी किनारमा उभिएर अभियान्ताले भने, “पानी रैछ जिन्दगानी’

  •   शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । “पानी हाम्रो रक्तका रुपमा छ

    पानी हाम्रो स्वेदका रुपमा छ,

    हाम्रो भित्रि चेतनाको निशानी

    पानी–पानी रैछ जिन्दगानी ।”

    विश्व पानी दिवसका अवसरमा गैँडाकोटतर्फ नारायणी नदी किनारमा उभिएर कविवर, प्रज्ञा प्रतिष्ठान गैँडाकोटका उपकुलपति गोविन्दराज विनोदीले कविताको श्लोकमार्फत जिन्दगीसँग जोडिएको पानीको महत्त्वबारे प्रकाश पार्नुभयो । पानी नभए जिन्दगानी पनि नरहने तर्क गर्दै उहाँले यसको सरंक्षण अपरिहार्य रहेको ठह¥याउनुभयो । गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले नदी किनार सरसफाई गरी पानी शुद्ध राख्नु सबैको कर्तव्य भएको स्मरण गराउनुभयो । स्वास्थ्यका लागि पानी आवश्यक पर्ने भएकोले नदीलाई स्वच्छ हराभरा राख्नुपर्ने र त्यो सबैको कतव्र्यबोध भएको उल्लेख गर्नुभयो ।

    गैँडाकोटतर्फ नारायणी नदी किनारमा उभिएर उहाँले भन्नुभयो, “राजनीतिक पहुँच नहुँदा चितवनतर्फ जस्तो व्यवस्थित गर्न भने सकिएन ।” जलाधार संरक्षणमा अगुवाइ गर्दै आएको सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले सहमतिले २०८० साललाई नदी संरक्षण वर्षका रुपमा मनाइरहेको स्मरण गराउनुभयो । नदी संरक्षणका लागि निर्माण गरिएको अक्षयकोषको ब्याजबाट निरन्तर नदी किनारमा सरसफाइ गर्दै आएको उल्लेख गर्नुभयो । डब्लु डब्लु एफको सहयोगमा पानी संरक्षणका लागि सामुदायिक वन र खानेपानी संस्थासँग सहकार्य गर्दै २० भन्दा बढी पानी रिचार्ज पोखरी निर्माण गरिएको बताउनुभयो । आउँदो वर्ष थप ८ स्थानमा यस्ता पोखरी बनाइने उहाँको भनाइ थियो ।

    पानी तानेर वितरण मात्र होइन पानी जमिनमुनि जाने वातावरण बनाउन सम्पूर्णमा उहाँको आग्रह थियो । उहाँले अन्य ५ स्थानमा मूहान संरक्षण, नदी च्याम्पियन तयार, नारायणी नदी सम्मेलन लगायतका क्रियाकलाप गरिएको जनाउनुभयो । नदी जन्य पदार्थ उत्खनन, नदी किनारमा फालिने फोहर, नदी क्षेत्रमा मानवीय आक्रमण चुनौतीका रुपमा रहेको बताउँदै सहमतिका अध्यक्ष सुवेदीले तीनै तहका सरकारले जलाधार संरक्षणका लागि नीति सोही अनुरुपको बनाइ अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

    गैँडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव केशवराज शर्माले पानीकै कारण कतिपय स्थानमा द्वन्द्वसमेत हुने गरेको प्रसंग कोट्याउदै बाच्न र शान्तिका लागि पनि पानी आवश्यक रहेकोमा जोड दिनुभयो । वातावरणीय प्रभावका कारण नदी सुक्दै गएको र वन जङ्गलमा पानीका मूलहरु सुकिरहेको उहाँले बताउनुभयो । जमिनमुनिबाट पम्पिङ्ग गरेर पानी वितरण गर्नुपरेको अवस्था उजागर गर्दै शर्माले पहिले ८० फिटमा आउने पानी अहिले १५० फिट खन्दा पनि नआउने गरेको तितो यथार्थ सुनाउनुभयो । सरोकारवालाहरु बेलैमा सचेत नभए आउँदो पुस्ता र सन्ततीले मरुभूमिको सामना गर्नुपर्ने चिन्ता व्यक्त गर्नुभयो ।

    पानी संरक्षणका लागि पनि वन जङ्गल संरक्षणमा उहाँको जोड थियो । नारायणी टोल विकास संस्था गैँडाकोट २ का अध्यक्ष प्रदिप तामाङले स्वच्छ पानीका लागि नारायणी नदी किनारमा सरसफाईका लागि शौचालय निर्माण, स्नानघाट र फोहोर व्यवस्थापनमा ध्यानकर्षण गराउनुभयो । शुक्रबार सहमति संस्थाको अगुवाइमा डब्लु डब्लु एफ, गैँडाकोट खानेपानी व्यवस्थापन बोर्ड, नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, गैँडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संयुक्त, आयोजनामा गैँडाकोटमा ‘पानी सम्बन्धि चर्चा तथा नदी किनार सरसफाई’ कार्यक्रम गरिएको हो ।

    सरसफाई कार्यक्रममा जनप्रतिनिधि, खानेपानी संस्था, वन समूह, टोल विकास संस्था, प्रहरी, संरक्षणकर्मी एवं अभियान्ताहरु एवं स्थानीयले साथ दिएका थिए । कार्यक्रमको सहजिकरण सहमतिका महासचिव बेलप्रसाद पौडेलले गर्नुभएको थियो । विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो । यसवर्ष ‘शान्ति र समृद्धिका लागि पानी’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाइएको छ ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.