रत्ननगर । रत्ननगर नगरपालिका वडा नम्वर १ मा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले रत्ननगरका वडा नम्वर १, ९ र १० तथा इलाका प्रहरी कार्यालय रत्ननगरको समन्वयमा लागु औषध दुव्र्यसनको वर्तमान अवस्था र सजगता सम्वन्धी तीन दिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । चैत्र २७ गतेबाट सञ्चालित उक्त अनुशिक्षण कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्वर १, ९ र १० का टोल विकास संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरीक्षक डा. हेम के.सीले लागु औषधको कुलतमा पर्नाका कारण र त्यसबाट जोगिनका लागि अभिभावकको भूमिकाका लगायत लागु औषधको वर्तमान अवस्थाका सम्वन्धमा प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममारत्ननगर नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष कुल प्रसाद सापकोटाले लागु औषधको वर्तमान अवस्थालाई न्यूनिकरण गर्न स्थानिय सरकार र प्रहरी संगको समन्वयमा लाइसियम स्कुलले गरेको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा टोल स्तरिय सचेतनामूलक कार्यक्रम सञ्चालन गरी वडालाई लागु औषध मुक्त बनाउने प्रयास गर्ने वताउनु भएको थियो ।
कार्यक्रममा वडा नम्वर १० का वडा अध्यक्ष कलाधर पौडेलले अहिले एकले अर्कालाई दोषारोपण मात्र गर्ने गरेको, मैले के गरेँ भन्दा पनि के पाएँ भन्ने गरेको, अर्काको विग्रेकोमा खुशी मान्ने प्रथा बढ्दै गएकोले विभिन्न अपराधिक कृयाकलाप बढ्दै गएकोमा लागु औषधको दुव्र्यसन समेत बढेकोले अव हामी सवैले सोच बदल्ने, सकारात्मक सोच्ने खालका कार्यक्रमहरुको आवश्यकता रहेको वताउनु हुँदै लाइसियम स्कुलले लागु औषध सम्वन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद व्यक्ति गर्नु भयो ।
उक्त कार्यक्रममा वडा नम्वर ९ का वडा अध्यक्ष अनन्त अधिकारीले नगरपालिका र वडा कार्यालयले आयोजना गर्नु पर्ने विभिन्न सचेतनामूलक कार्यक्रम लाइसियम स्कुलले सञ्चालन गरी समाजलाई सुसुचित बनाउन विगत देखिनै विभिन्न कार्यक्रम सञ्चालन गरी उत्कृष्ठ ढंगले सामाजिक उत्तरदायित्व बहन गरि रहेकोले आफु अत्यन्त प्रभावित भएको र आगामी दिनमा लाइसियम स्कुल संग समन्वय गरी ९ नम्वर वडामा टोल स्तरमै लागु औषध सम्वन्धी वृहद सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
तीन दिवशिय कार्यक्रममा लागु औषध दुव्र्यसनको वर्तमान अवस्था र सजगताका सम्वन्धमा लाइसियम स्कुलका प्रवन्ध निर्देशक सन्तोष पन्तले सहजिकरण गर्नु भएको थियो भने प्रधानाध्यापक शंकर पौडेल, शिक्षक भिमा कुमारी थापा र शान्ति अधिकारीले आवश्यक व्यवस्थापन गर्नु भएको थियो ।








