• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

इच्छाकामनाको मायाटार पन्थचुलीमा धार्मिक पर्यटक भित्र्याउन मेला

  •   सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित चितवनको इच्छाकामना–२ मायाटार पन्थचुलीमा अवस्थित बालगौरी पाथीभरा सिंहदेवी माई मन्दिर परिसरमा आज साँझदेखि मेला लाग्ने भएको छ । हरेक वर्ष चैते दसैँपछिको पूर्णिमामा मेला लाग्दै आएको छ ।

    स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बालगौरी पाथीभरा सिंहदेवी माई मन्दिरको प्रचार–प्रसारमा मेला सहयोगी हुनसक्ने विश्वास लिइएको मन्दिर संरक्षण समितिका अध्यक्ष सुरेश गुरुङले बताउनुभयो ।

    मेलामा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार आज साँझबाट सुरु भई मङ्गलबार विहान पञ्चबलिसहितका फूलको डोली भित्र्याएर पूजाआजा गरेपछि प्रसाद ग्रहण गरिन्छ र दिनभर नाचगानसहित मेला लाग्ने छ । हरेक वर्ष चैते दसैँपछिको पूर्णिमामा लाग्ने यस मेलामा चितवन, धादिङ, तनहुँ, गोरखालगायत जिल्लाबाट पूजाआजा गर्न र मेला हेर्न आउने गर्छन् ।

    सन्तान नभएकाहरूले सन्तान मागेमा प्राप्ति हुने धार्मिक विश्वास रहेको छ । धार्मिक पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गइरहेको यस मन्दिरमा धादिङको मौवाखोला, हुग्दिखोला र चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरबाट चितवनको पुरानो सदरमुकाम ऐतिहासिक उपर्दाङगढी हँुदै जान सकिन्छ ।

    पछिल्लो समय सडक स्तरोन्नतिसँगै मन्दिरसम्म पुग्न सहज बनेको वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताउनुभयो । मन्दिरसम्म पुग्न सिँढी बाटो निर्माण गरिएको उहाँले बताउनुभयो । साथै गाउँपालिका र वाइनटुवाटरको सहकार्यमा मन्दिरमा लिफ्टिङ प्रविधिबाट पानी पुर्याइएको उहाँले बताउनुभयो । मन्दिर परिसरमा विद्युत् जडानसमेत गरिएको छ ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.