• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

शिक्षक महासंघ चितवनमा एकलौटी भएको भन्दै राष्ट्रिय शिक्षक संगठनको विरोध

  •   मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल शिक्षक महासंघ चितवनमा एकलौटी रुपमा समिति घोषणा भएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनले विरोध जनाएको छ । संगठनले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी अवैधानिक तरिकाले महासंघ चितवनको अधिवेशन गरिएको भन्दै आपत्ती प्रकट गरेको हो । शिक्षक महासंघ चितवनको यही बैशाख ८ गते अधिवेशन भइ अधिवेशनले उपस्थित शिक्षकहरुको सहमतिबाट नयाँ समिति चयन गरेको छ ।

    उक्त अधिवेशनका लागि प्रक्रिया नपुगेको भनि नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनले असहमति जनाउँदै अधिवेशन नै बहिस्कार गरेको थियो । शिक्षकहरुको सबैभन्दा पूरानो र दोश्रो ठूलो शैक्षिक घटकको असहमतिका बाबजुत पनि एकलौटी रुपमा तत्कालीन नेतृत्वले अधिवेशन गरी समिति चयन गरेपछि विवाद थप उत्कर्षमा पुगेको हो । नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष तेजेन्द्रप्रसाद भुषाल र सचिव तिलक कुँवरद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै संगठनले अधिवेशनप्रति आपत्ति प्रकट गरेको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘नेपाल शिक्षक महासंघको विधान एवम् मिति २०८० माघ २९ गतेको परिपत्र बमोजिम क्रमशः स्थानीय तह, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय महाधिवेशन गर्नुपर्ने प्रावधानलाई लत्याउँदै आफ्ना महत्त्वकांक्षा पूरा गर्ने हेतुले मिति २०८१ वैशाख ८ गते नेपाल शिक्षक महासंघमा आवद्ध पमुख पेसागत घटक संस्था, नेपाल राष्ट्रिय शिक्षक संगठन, चितवनको लिखित असहमति र संलग्नताबिना कथित नेपाल शिक्षक महासंघ घोषणा सभाको नाम दिएर अवैधानिक तरिकाले जिल्ला समिति घोषणा गरिएको जानकारी सामाजिक सञ्जालहरुमार्फत प्राप्त भएको छ ।

    आम चितवनबासी न्यायप्रेमी, शिक्षक, विद्यालय कर्मचारीहरुको पेसागत हकहित, अधिकार र सुरक्षाको उद्देश्यलाई लत्याई निहित पदीय स्वार्थ र संकिणताबाट प्रेरित यस्तो कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ विभिन्न कारणहरु प्रस्तुत गर्दै शिक्षक संगठनले महासंघको जिल्ला अधिवेशन अवैध रहेको ठहर गरेको छ । संगठनले प्रस्तुत गरेका कारणहरुमा वर्तमान अवस्थामा पालिकागत रुपमा सदस्यहरुको नामावली विवरण संकलन र प्रमाणीकरण नगरिएको उल्लेख छ ।

    त्यस्तै जिल्ला अधिवेशनको लागि पालिकागत रुपमा जिल्ला अधिवेशन प्रतिनिधिको छनौट एवम् समावेश नगरिएको उल्लेख छ । त्यस्तै निर्वाचन समिति गठन नगरिएको कुरा उल्लेख गरिएको छ । त्यसैगरी अघिलो कार्यसमितिको सांगठनिक र अर्थिक प्रतिवेदनहरुको प्रस्तुति, छलफल र अनुमोदन नगरिएकाले अधिवेशन अवैध भएको भन्दै शिक्षक संगठनले विरोध जनाएको हो । यी कारणहरु देखाउँदै शिक्षक संगठनले उक्त अधिवेशनलाई कथित अधिवेशन र नयाँ समितिलाई अवैधानिक भनेको छ । ‘आगामी दिनमा वार्ता र संवाद मार्फत प्रारम्भिक चरणबाट विधिवत प्रक्रिया सुरु गर्न संगठनले माग गरेको छ ।

    साथै स्वेच्छाचारी ढंगमा स्वघोषणा गरिएको जिल्ला समितिलाई वैधानिकता नदिनको लागि सम्बन्धिन सरोकारवालाहरुको ध्यानाकर्षण संगठनले गराएको छ । सबै शिक्षक र विद्यालय कर्मचारीहरुको साझा छाता संस्थाको रुपमा महासंघलाई विकास गरी सबैको अपनत्व हुने मर्मलाई ध्यानमा राखी अघि बढ्न संगठनले माग गरेको छ । सहज तवरबाट समस्याको समाधान नभए आफूहरु न्यायिक प्रक्रियाका लागि अदालतको ढोक ढकढकाउन पुग्ने संगठनले पत्रकार सम्मेलनमा जनाएको छ ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.