काउले । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. २ स्थित कोटारी जङ्गलमा लागेको डढेलोको कारण घरमा आगो सल्कदा स्थानीयको २ घरमा आगलागी भएको छ ।
हिजो मंगलबार साँझ करिब ७ बजेतिर जंगलमा लागेको आगो स्थानीयको घरसम्म आईपुग्दा १ घर जलेर नष्ट भएको छ भने १ घर आधा जलेको छ । आगलागीमा परी स्थानीय राम बहादुर चेपाङको घर पुरै जलेको छ र २० हजार नगद, २० डोको मकै, ४ घार मौरी, लत्ताकपडा लगायतका सामाग्रीहरु जलेर पूर्ण रुपमा नष्ट भएको स्थानीय अनिल बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार राम बहादुर चेपाङको छोरा कर्ण चेपाङको घर आधा जलेको र घरमा रहेको १ घार मौरी, लत्ताकपडा लगायत जलेर नष्ट भएको छ ।








