कालिका । कालिका वडा नम्बर ६ गोर्खाली टोलकी मुनाम लामिछाने र शोभा लामिछानेको छोरी २२ बर्षीय युवती स्नेहा लामिछाने पांँचदिन देखि हराएकी छिन ।
हाल परिवारको साथ काठमाडौं कलंकी बसेर अध्ययन गदै आएकी स्नेहा बैशाख १८ गतेदेखि सम्पर्क बिहीन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उनलाई देख्ने जोकोहीले नजिकैको प्रहरी कार्यालय वा ९८५५०८०४५१,९८६५१९५४६६ , ९८४५१०७९६१ तथा ९८६१८९६५१५ नम्बर कल गरी सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।
उनको खोजीको क्रममा सिसिटिभी क्यामराबाट हेर्दा काठमाडौं कलंकी भाटभटेनी एरियामा देखिएको समेत देखिएको परिवारले जनाएको छ ।








