• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

एमाले चितवनको अधिवेशन : तीव्र तयारीमा जुट्दै राष्ट्रिय युवा संघ नेपाल

  •   बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला कमिटीको तेश्रो पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा एमाले पार्टी कार्यालय चितवनमा आज सम्पन्न बैठकले एमाले चितवनको ११ औं जिल्ला अधिवेशन सम्बन्धि विभिन्न निर्णय गरेको छ । राष्ट्रिय युवा संघ नेपाल चितवन सचिव उत्तम सेढाईका अनुसार बैठकले अधिवेशनमा सबै पालिकाहरुबाट व्यापक युवा परिचालन गर्ने निर्णय गरेको छ । स्वयमसेवकको परिचालनको लागि राष्ट्रिय युवा संघ नेपाल चितवनका अध्यक्ष झलकराज भट्टको संयोजकत्व र उपाध्यक्ष मधुपर्क श्रेष्ठ सन्तोषको सह–संयोजकत्वमा स्वयमसेवक व्यवस्थापन समिति गठन भएको छ ।

    उक्त समितिको सदस्यहरुमा जिल्ला कमिटीका पदाधिकारी एवम् सबै सदस्य, पालिका इन्चार्ज र पालिका कमिटी पदाधिकारी रहेका छन् । त्यसैगरी मधुपर्क श्रेष्ठ सन्तोषको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति बनेको छ । सदस्यहरुमा पालिका इन्चार्ज, अध्यक्ष र पदाधिकारी रहने छन् । त्यसैगरी अगामी जेठ १ गते परेको युवा विद्यार्थी स्थापना दिवसको अवसरमा मदनआश्रित पार्क दासढुंगामा बिहान ७ः३० बजे सरसफाइ गर्ने निर्णय समेत गरेको छ । त्यसैदिन देवघाटस्थित आश्रममा वृद्धवृद्धालाई खाना खुवाउने निर्णय समेत गरिएको सचिव सेढाईले जानकारी दिए ।

    त्यसैगरी सेढाईका अनुसार जेठ ३ गते जिल्ला पार्टी कार्यालयले आयोजना गर्ने मदन आश्रित दिवसको कार्यक्रममा सबै पालिकाबाट युवाहरुलाई जिल्ला पार्टी कार्यालयमा भेला गराई पार्टी नेतृत्वको अगुवाईमा र्यालीसहित कार्यक्रममा सहभागिता जनाउने निर्णय भएको छ । यसैगरी चितवनको ३ वटा निर्वाचन क्षेत्रबाट युवा स्वयमसेवक परिचालन गर्न संयोजनकारी भूमिकाका लागि युवा संघ प्रदेश कमिटीबाट निर्वाचन क्षेत्र नम्बर १ मा कुमार थापा मगर, क्षेत्र नम्बर २ मा केशव खड्का र क्षेत्र नम्बर ३ मा कृष्ण अधिकारीलाई तोकिएको छ ।

    यसैगरी कार्यक्रममा हालै सम्पन्न निर्माण व्यवसायी संघ चितवनको निर्वाचनमा राष्ट्रिय युवा संघ नेपाल चितवनका विभिन्न कमिटीमा आवद्ध रहेका युवाहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा पदम अधिकारी ‘पट्टु’, शोभा न्यौपाने र राजिव सढौला रहेका छन् । त्यस्तै ब्लर्ड डोनर्स सोसाइटी नेपालको केन्द्रीय समितिमा चयन भएकोमा महानगर कमिटीका सहसचिव दिपक घिमिरेलाई पनि सम्मान गरिएको छ । एमाले चितवनका अध्यक्ष राम न्यौपानेको प्रमुख उपस्थिति रहेको बैठक झलकराज भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    यसैगरी कार्यक्रममा संविधान सभा सदस्य कृष्णभक्त पोखरेल, एमाले चितवनका उपाध्यक्ष कमलराज पाठक, सचिव प्रकाश खनाल ‘सैलेश’, उपसचिव प्रकाश ढुंगाना, पार्टी प्रदेश कमिटी सदस्य अस्मिन घिमिरे, युवा संघ चितवनका इन्चार्ज शंकर अधिकारी, युवा फाँट सह उपप्रमुख सुशिल केसी लगायतको उपस्थिति रहेको थियो । नेकपा एमाले चितवनले आगामी जेठ १०, ११ र १२ गते जिल्ला अधिवेशन गर्दैछ । जसका लागि सिंगो पार्टी नेतृत्वसहित जनवर्गीय संगठनहरु अधिवेशनको तीव्र तयारीमा जुटिरहेका छन् ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.