• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

सेन्ट्रल कलेजका ९७ प्रतिशत विद्यार्थीले पाए जापान जाने (प्रि-भिसा) सिओई

  •   बुधबार, जेठ १६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । जापानमा उच्च शिक्षा अध्ययनका लागि सेन्ट्रल कलेजबाट प्रोसेस गरेका ९७ प्रतिशत विद्यार्थीले (प्रि–भिसा) सिओर्ई प्राप्त गरेका छन । कलेजबाट भाषा कक्षा लिएर जुलाई इन्टेक २०२४ का लागि प्रोसेस गरेका ९७ प्रतिशत विद्यार्थीले अध्ययनका लागि अनुमति सिओई प्राप्त गरेका हुन । बिगत डेढ दशकदेखि उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीहरुको चाहाना पूरा गर्दै आइरहेको कलेजले जुलाई इन्टेक २०२४ का लागि उत्कृष्ट नतिजा हासिल गरेको कलेजका प्रिसिन्पल यज्ञ विलास (वाइबी) पौडेलले बताउनुभयो ।

    उहाँले यो नतिजा गत अप्रिल इन्टेकभन्दा दुई प्रतिशत बढी रहेको जानकारी दिनुभयो । यति धेरै सफलता पहिलो पटक मिलेको भन्दै उहाँले यसले थप उत्साह बढेको बताउनुभयो । आउने इन्टेकहरुमा कलेजले सय प्रतिशत नतिजा ल्याउनेगरी काम गरिरहेको पौडेलले जानकारी दिनुभयो । उहाँले विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गर्नुभयो । सिओर्ई प्राप्तपछि गर्नुपर्ने अन्य प्रकृयाका बारेमा विद्यार्थीलाई कलेजले जानकारी समेत दिइसकेको छ । जुलाइ इन्टेकका लागि केही विद्यार्थीको रिजल्ट आउन बाँकी रहेको सेन्ट्रल कलेज चितवनले जनाएको छ । पछिल्लो समय सेन्ट्रल कलेज जापान जानका लागि उत्कृष्ट र विश्वासिलो परामर्श केन्द्रको रुपमा स्थापित भएको छ ।

    ‘सिओर्ई प्राप्त गरेका विद्यार्थीको एक प्रतिशत काम मात्रै बाँकी रहन्छ । हामीले सिओर्ईलाई भिसा बराबरको सफलता मान्छौँ’, पौडेले भन्नुभयो, ‘सेन्ट्रल कलेजले सयौंलाई सफलता दिन सफल भएको छ ।’ सिओर्ई प्राप्त भएपछि काठमाडौँस्थित जापानिज दुतावासमा विद्यार्थीको अन्तरवार्ता र पासपोर्टमा छाप लगाउने काम मात्र बाँकी रहने उहाँले बताउनुभयो । जापनिज भाषाका टेष्टहरुमा पनि कलेजमा अध्यनन गरेका विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेको उहाँको भनाइ छ । ‘सिओर्ई प्राप्त गरेपछि पनि विद्यार्थीलाई जापान पठाएर त्यहाँ सेटलमेन्टसम्मको जिम्मा हामीले नै लिन्छौँ’, उहाँले भन्नुभयो । कलेजले कक्षा १२ को परीक्षा दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरेर बिषेश प्याकेज समेत ल्याएको छ ।

    समयमै कलेजमा सम्पर्क गरेर परामर्श लिदै खाली समयको सदुपयोग गर्न प्रिन्सिपल पौडेलले अनुरोध गर्नुभयो । सेन्ट्रल कलेजले चितवन,नवलपुर र तनहुँ जिल्लालाई आधार बनाएर विभिन्न संघसंस्था संग मिलेर सामाजिक काम गर्दै आइरहेको छ । यस्तै कलेजले खेलकुदका संघ र क्लबसंग मिलेर बिभिन्न प्रतियोगिता आयोजना गरिरहेको छ भने लागुपदार्थ दुव्र्यसनी न्यूनिकरण,ट्राफिक सचेतना र रक्तदानका कार्यक्रम गरिरहेको छ । विद्यालय र कलेजसंग मिलेर विद्यार्थीको हितका विभिन्न गतिविधि सेन्ट्रल कलेजले गर्दै आइरहेको छ ।

    नेपाल सरकार शिक्षा मन्त्रालयबाट सम्बन्धन प्राप्त यस कलेजले नेपालमै केही गर्न चाहाने विद्यार्थीलाई पनि सिप सिकाउँदै आएको छ भने यहाँ नै उच्च शिक्षा अध्ययन गर्न चाहानेलाई कलेज र बिषय छनोट गर्न सहयोग गर्ने गरेको छ । सेन्ट्रल कलेजले जापानका टोकियो, ओसाका, नागोया, फुकुओका, हिरोसिमा, वकिनवा, सेन्दाई, लगायतका विभिन्न सहरहरुमा विद्यार्थी पठाउँदै आइरहेको छ । कलेजले परामर्श, भाषा कक्षा, अप्लाई गर्ने र जापानको विद्यालयमा भर्ना गराउन सहयोग गर्ने लगायत विद्यार्थीलाई उक्त ठाउँमा पु¥याउने व्यवस्था गर्ने गरेको प्रिन्सिपल पौडेलले बताउनुभयो । कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत सञ्चालन गरिसकेको छ ।

    सेन्ट्रल कलेजमा भाषा कक्षा अध्ययन गर्न चाहनेले कलेजको मुख्य कार्यालय भरतपुर ओरालो र अन्य शाखा कार्यालय सौराहा चोक टाँडी, थानाचोक कावासोतीमा सम्पर्क गर्न सक्नेछन् । कलेजले जापानसँगै अष्ट्रेलिया, क्यानडा, युके, युएसए, दुबई, दक्षिण कोरिया र युरोपका विभिन्न देशहरुमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइइएलटिएस, पिटिइ, टोफल, अंग्रेजी, जापनिज र कोरियन भाषा कक्षा तथा होटल प्राविधिकसँगै कम्प्युटरका कक्षा सञ्चालन सँगै परामर्श र भिजा प्रोसेसिङका काम समेत गरिरहेको छ ।

    विद्यार्थीका लागि निःशुल्क भाषा कक्षा र बस सेवा सञ्चालन गरिरहेको कलेजले नारायणगढको ओरालोमा आफ्नै भवन निर्माण गरेर सेवा दिन थालेको छ । कलेजले टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीका लागि हास्टेलको समेत व्यवस्था गरेको जनाएको छ ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.