• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

‘पुर्नजीवन पाउने आशामा पर्खिरहेका रत्ननगरका सुमन’

  •   बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । रत्ननगर नगरपालिका वडा नम्बर १४ गैरीगाँउ मा बस्ने सुमन परियारको उमेर ३१ बर्ष पुरा भयो । बुवा आमाको एक्लो सन्तान सुमनको श्रीमती र २ साना छोरीहरु छन् । घरमा कमाएर परिवारको गुजारा चलाउनु पर्ने दायित्व सुमनको काँधमा छ । तर अहिले धन कमाएर परिवारको गुजारा चलाउनु पर्ने दायित्व पुरा गर्न त परको कुरा ज्यान पनि अव कसरी बचाउने भन्ने अप्ठ्यारोमा छन् उनी । सुमनको दुवै मृगौलाले काम गर्न छोडेपछि बकुलहर रत्ननगर अस्पतालमा डायलासिस गराइरहेका छन् ।

    परिवारमा कमाउने उनी एक्ला पात्र हुन् । सुमन आफै थलिएपछी अहिले परिवारको आम्दानीको बाटो बन्द भएको छ । परिवारको गुजारा कसरी चल्छ भन्ने पीर त छँदैछ, उपचार कसरी गर्ने भन्ने समस्या समेत थपिएको छ उनलाई । जिवनसंग संघर्ष गरिरहेका सुमनको संघर्षको यात्रा भने वि.सं २०७० देखिनै सुरु भएको थियो । २०७० सालमा परिवारको जिवन गुजाराका लागि बैदेशिक रोजगारिको क्रममा कतार पुगेका सुमन २ बर्ष त्यहाँ बसेर नेपाल फर्किए । नेपाल फर्किए लगत्तै खैरहनी नगरपालिका वडा नम्बर ८ बस्ने सविता परियार संग विसं २०७२ सालको असोज महिनामा बैबाहीक बन्धनमा बाधिएका थिए ।

    विवाह बन्धनमा बाधिएपछि काँधमा आएको थप जिम्मेवारी पुरा गर्न विवाह गरेको ५ महिनापछि फेरी श्रम गर्न उनि युएई हानिए । युएईको बसाई २ बर्ष पुरा भएपछि सुमन ३ महिनाको छुट्टी लिएर नेपाल आए । छुट्टी पुरा गरेर फेरी युएई फर्किएका सुमनको जिवन ठिक ठाक चल्दै थियो छुट्टीबाट फर्किएको केही महिनामै कामकै शिलशिलामा स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा स्वास्थ्य परिक्षण गराउँदा डाक्टरले दुबै मृगौला फेल भएको पुष्टी गरेपछि सुमनलाई छाँगाबाट खजेजस्तो भयो ।

    अस्पतालमा साथीभाइको हौसलापछी सुमन विस्तारै सम्हालिन थाले । मृगौलाले काम गर्ने छोडेको खबर एक हप्तासम्म परिवारलाई सुनाउने आँट गर्न सकेनन् । एक हप्तापछि सुमनकै साथीभाई मार्फत घर परिवारलाई सुमनको अवस्था बारे थाहा भएपछि घरमा पनि एकाएक माहोल सम्हालिन नसक्ने अवस्था सम्म पुग्यो । सुमन युएईको अस्पतालको शैयामा जिवनसंग संघर्ष गर्दा नेपालमा रहेकी श्रीमतीलाई नेपाल तथा युएइमा रहेका नेपालीको आर्थिक सहयोगमा श्रीमती सवितालाई युएइमा सुमनको उपचार भइरहेको अस्पतालमा पुऱ्याइयो ।

    अस्पताल पुगेको सुमनको अवस्था देखेर भक्कानिएकी सविताले विस्तारै आफूलाई सम्हाल्दै सुमनलाई हौसला दिन थालिन । युएईमा डाएलासिस गराएको केही समयपछि सुमन र सविता नेपाल फर्किए । नेपाल फर्किएर भक्तपुर मानव अंग प्रत्यारोपरण केन्द्र मा नियमित उपचार गराइहेका सुमनलाई आमा चम्फा परियारले मृगौला दिने निधो गरेपछि स्वदेश तथा बिदेशमा रहेका नेपालीको आर्थिक सहयोगमा विसं २०७६ साल जेठ ३० गते सफल मृगौला प्रत्यारोपण गरियो ।

    मृगौला प्रत्यारोपण पछि सामान्य जिवनमा फर्किएका सुमनले घरपरिवार सँगै बसेर सिलाई कटाई तथा फेन्सी व्यवसायी संचालन गर्न सुरु गरे । जिवन सामान्य तरिकाले चलिराखेकै थियो यत्तिकैमा सुमन नियमित स्वास्थ्य चेकजाँचका क्रममा अस्पताल पुग्दा सुमनलाई फेरी बज्रपात थपियो । आमाको मृगौला प्रत्यारोपण गरेको ४ बर्षपछि मृगौलाले काम गर्न छोडेको डाक्टले जानकारी दिए । सामान्य जिवनमा फर्किदै गरेका सुमनलाई आफ्नो स्वास्थ्य को चिन्ता त छदै थियो परिवारको गुजारा कसरी चल्छ भन्ने र ३ बर्षे जेठी छोरी सायरा परियार र २ बर्षिय कान्छी छोरी मायरा परियारको भविष्यको पीरले उनलाई झन बढी सताउन थाल्यो ।

    सुमन आफुलाई सम्हाल्दै अहिले रत्ननगरमा रहेको बकुलहर रत्ननगर अस्पतालमा नियमित डाएलासिस गराइरहेका छन् । रत्ननगर अस्पतालमा अहिले सम्म सुमनको १३५ पटक डाएलासिस भइसकेको छ । यो त बचाईराख्ने उपाय मात्रै हो । मृगौला प्रत्यारोपण नगरी सुख छैन । डाएलासिस गर्दा गर्दै सुमनले शरिर सिथील र गलिसकेको महसुस गर्न थाले पछि सुमनका बुवा सितल बाबु परियार मृगौला दिन तयार छन । प्रत्यारोपण तथा औषधी उपचारको लागि अनुमानित करिब २० लाख रुपैयाँ खर्च लाग्ने सुमनको भनाई छ ।

    मृगौला प्रत्यारोपणका लागि परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएका कारण उपचार खर्च जुटाउनै मुस्किल छ त्यसैले उनले देश तथा विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदिवहिनीहरुलाई सहयोग गरिदिन अपिल गर्दै फेरि पुर्नजिवन पाउने आशामा पर्खिरहेका छन् ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.