• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भानु जङ्गलमा भेटिए २५ चितुवा

  •   मङ्गलबार, मङि्सर १६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दमौली । तनहुँको भानु नगरपालिकाका जङ्गलमा चितुवा र आहारा प्रजाति गणना गर्न राखिएका क्यामरामा २५ चितुवाका तस्वीर कैद भएका छन् । डिभिजन वन कार्यालय तनहुँ र कास्कीको संयुक्त प्रयासमा भानु नगरपालिकाका विभिन्न वडाका जङ्गलमा राखिएका क्यामरामा ती सङ्ख्यामा चितुवाका तस्वीर कैद भएका हुन् । वन कार्यालय कास्कीका प्रमुख केदार बरालको नेतृत्वमा भानु नगरपालिका–२, ३, ४, ५ र ६ का सामुदायिक वनमा ६५ वटा क्यामरा जडान गरिएको छ । गत कात्तिक २२ गतेदेखि १५ दिनसम्म जङ्गलमा क्यामरा जडान गरिएकामा चितुवाका तस्वीर कैद भएको र उक्त तस्वीरको अध्ययन भइरहेको उनले जानकारी दिए । “कतिपय चितुवा दोहोरिएका छन्, चितुवाको तस्वीर हेरेर छुट्याउने काम भइरहेको छ,” उनले भने, “केही दिनभित्रै अध्ययनको प्रतिवेदन सार्वजनिक गर्छौ ।”बाइस सामुदायिक वनको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा चितुवा र चितुवाको आहारा प्रजातिको गणना गरिएको थियो । यसका लागि ती सामुदायिक वनमा ३६ वटा विन्दु पहिचान गरिएको थियो । चितुवाको सबैभन्दा बढी प्रभाव रहेको भानुमा चितुवा गणनाले चितुवाको आहारा व्यवस्थापन गर्न सहज हुने जनाइएको छ । कार्यालय प्रमुख बरालका अनुसार चितुवा गणनाबाट चितुवा र आहारा प्रजातिको सङ्ख्या पत्ता लगाउन सहयोग पुग्ने र आगामी दिनमा वन्यजन्तुको बासस्थान व्यवस्थापन कसरी गर्ने भन्ने पत्ता लगाउन सहयोग पुग्छ । वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको बताए । जिल्लामा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्नसक्ने समयलगायतका विषयमा उपभोक्तालाई सचेतनामूलक कार्यक्रम अगाडि बढाइएको छ । “चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै हो, तर जीवजन्तु मानिसले खाइदिन थाले, चितुवाले जङ्गलमा खाना पाउँदैन अनि बस्ती छेउ आएर गाईभैँसी, बाख्रा हुँदै मानिसलाई पनि आक्रमण गर्न थालेको छ,” उनले भने, “चितुवालाई बाँच्ने अवस्था सिर्जना मानिसले गरिदिनुपर्छ ।”

    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
    तनहुँ- १ बाट रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.