हेटौँडा। सिन्धुली दरबन्दी भइ हाल वडा प्रहरी कार्यालय हेटौँडा सानोपोखरामा कार्यरत प्रहरी हवल्दार शुक्रराज खत्री मकवानपुर जिल्लाकै मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित भई सम्मानित तथा पुरस्कृत भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहिबार खत्रीलाई मंसिर महिनाकै उत्कृष्ट प्रहरी घोषित गर्दै प्रशंसापत्रले सम्मानित गरेको हो ।वडा प्रहरी कार्यालय हेटौँडामा कार्यरत थापाले हेटौँडा नगर क्षेत्रमा अवैध रुपमा हुने नदिजन्य पदार्थलाई नियन्त्रणमा उल्लेखनीय योगदान गरेको र नगरमा अपराध अनुसन्धान तथा नियन्त्रण एवम् शान्ति सुरक्षा मजबुद बनाउन,सूचनाको स्रोतको उच्चतम उपयोग गरी परिचालित भई तोकिएको जिम्मेवारी पूरा गर्नेतर्फ जागरुक,उत्सुक, संवेदनशील एवम् लगनशील भई कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरिएको जनाइएको छ।उनलाई जिल्लाभरकै मंसिर महिनाको बेस्ट प्रहरी घोषित गर्दे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक शुसिल सिंह राठौरले उक्त प्रशंसा पत्रले सम्मान गरेका हुन।








