• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

जुकाको चुसाइ उपचार प्रभावकारी बन्दै

  •   बुधबार, पुष १५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा जुकाको चुसाइ (लिच थेरापी) माध्यमबाट समेत बिरामीको उपचार गर्न थालिएको छ । केन्द्रका प्रमुख डा रामप्रबोध मण्डल सरुवा भएर आएको केही समयपश्चात् उक्त पद्धतिबाट बिरामीको उपचार गर्न थालिएको हो । छाला, युरिक एसिड, टाउकाको रौँ झरेका, अनुहारमा डण्डीफोर आएका, पुराना दाद, पायल्सलगायत केही जटिल रोगका बिरामीको उपचार निको भइसकेको कार्यालयका वरिष्ठ कविराज निरीक्षक एवं सूचना अधिकारी बलभद्र वाग्लेले बताउनुभयो । आयुर्वेदमा ‘जलौकावचारण कर्म’ भनिने यो प्रक्रियाबाट तनहुँमा हालसम्म पाँचजनाको सफल उपचार भइसकेको उहाँले जानकारी दिनुभयो । जुकाले चुस्ने क्रममा निस्किने स्रावमा हिरुडिन नामक इन्जाइम छाड्छ र शरीरभित्रको दूषित रगत चुस्छ । छाला सम्बन्ध समस्या भएर औषधि सेवन गर्दा हैरान भएका नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्यसमेत यस माध्यमबाट उपचार गर्न थाल्नुभएको छ । दिनमा एकपटक तीन दिन जुकालाई चुसाउँदा छालाको समस्यामा न्यूनीकरण हँुदै गएकाले निको हुनेमा आफूलाई विश्वास लागेको उहाँले बताउनुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा .राम प्रबोध मण्डल गत वर्ष तनहुँमा सरुवा भएर आएको केही समयपछि भारतको मद्रासबाट पाँचवटा जुका रु तीन हजारका दरले किनेर ल्याउनुभएको हो । लिचीथेरापी विधि नेपालमाभन्दा पनि विदेशी मुलुकमा अझ बढी मात्रामा प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । उक्त पद्धतिबाट निको भएका रोग पुनः बल्झिने सम्भावना कम हुने हुँदा प्रभावकारी देखिएको छ । उपचार विधि प्रभावकारी बन्दै गएपनि यहाँको पानीमा बढी मात्रामा चुन मिसिएको पाइएकाले जुका मर्ने गरेकाले उपचारमा समस्या भएको उहाँले बताउनुभयो । “एउटा जुकाले बिरामीको समस्या भएको ठाउँबाट पाँचदेखि दश मिलिलिटर अशुद्ध रगत सेवन गराइन्छ”, उहाँले भन्नुभयो, “एकजना बिरामीलाई बढीमा सातपटकसम्म रगत चुस्न लगाइन्छ । ” लिचथेरापीका माध्यमबाट एक्जिमा, सोराइसिस, एलोपेसिया (तालु खुइलिनु), हरपिज जोस्टर, भेरिकोज भेन्स, डाइबिटिज बन्ड (मधुमेहका घाउ), हाइपरटेन्सन थ्रम्बोसिस (ब्लड क्लाउट), सेल्युलाइटिस, सियाटिका, इम्फलामेट्रिक रियाक्सन, ब्लड प्युरिफिकेशनलगायत रोगको उपचार गर्न सकिन्छ । जुकाको ¥यालमा एक सयभन्दा बढी यस्ता तत्व हुन्छन् जसले रगतलाई शुद्ध र पातलो बनाउने काम गर्छ । जुकाले जमेको रगत निकालेर सामान्य रक्तसञ्चार हुनसमेत सहयोग पु¥याउँछ । उहाँले भन्नुभयो, “तन्तु र मासु कुहिन दिँदैन, जुकाले तन्तु प्रवद्र्धनका लागि थप सहयोग गर्छ ।” गण्डकी प्रदेशस्तरीय एक कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा लिचीथेरापी माध्यमबाट उपचार शुरु गरेकोबारे जानकारी गराउँदा आफूलाई सम्मान गरिएकाले थप हौसला मिलेको डा मण्डलले बताउनुभयो । उहाँका अनुसार जुकाले पहिलो टोकाइमा मात्र अशुद्ध रगत चुस्छ र शुद्ध रगतलाई छाड्छ । जुकाले रगत चुस्न थाल्दा बिरामीलाई केही अनौठो महसुस भए पनि दुख्न भने दुख्दैन । जुकाले अशुद्ध रगत चुस्दासम्म खासै अनुभव नभए पनि शुद्ध रगत चुस्न थालेपछि भने हल्का चिलाएको अनुभव हुन्छ, त्यसपछि जुकालाई हटाइन्छ । एक व्यक्तिमा प्रयोग गरिएको जुका अन्य व्यक्तिमा प्रयोग गर्न मिल्दैन । उहाँले भन्नुभयो, “नियमितरुपमा थेरापी गराउनुपर्ने व्यक्तिमा प्रयोग गरिएको जुकालाई पुनः उसकै लागि प्रयोग गर्ने गरी संरक्षित गरेर राख्नुपर्छ ।” एउटा जुकालाई बढीमा आधा घण्टासम्म चुस्न लगाइनेछ । बिरामीको अवस्था हेरी दुईदेखि माथि जुकाको प्रयोग गर्न सकिने डा मण्डलले बताउनुभयो ।(रासस)

    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
    तनहुँ- १ बाट रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.