हेटौँडा । शनिबार (आज) बिहान १० बजेदेखि ४ बजेसम्म ग्रामिण फिडर अन्तर्गत पर्ने सामरी, आमभञ्याङग,सानुटार,सुपारीटार ब्यारेक लगायतका स्थानमा लाइन जाने भएको छ । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गर्दै उक्त फिडर अन्तर्गत हेटौँडा-१ चौकिटोलदेखी सामरी पुल सम्म ११ के भि लाइनको सुधार कार्य गर्नुपर्ने भएकोले फिडर अन्तर्गत पर्ने सामरी, आमभञ्याङग, सानुटार, सुपारीटार ब्यारेक लगायतका स्थानमा विद्युत कतौटी हुने जनाएको छ ।









