हेटौडा । मकवानपुरगढी–३, मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको ३३ औं वार्षिक साधारणसभा मंगलवार सम्पन्न भएको छ ।कोरोना भाईरसका कारण एकैदिन भेला गर्न नसकिएका कारण २५ गतेदेखि शुरु भएको भेला मंगलवार सम्पन्न भएको हो । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षतामा भेला भएको हो ।
भेलामा अध्यक्ष दाहालले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक मधुसुदन देवकोटाले लेखासमितिको प्रतिवेदन र व्यवस्थापक बलराम हुमागाँईले आर्थिक वर्ष ०७६।०७७ को लेखा परीक्षेण प्रतिवेदन प्रस्तुत गरेका थिए ।भेलामा उपाध्यक्ष प्रकाश अधिकारी, जिल्ला संघ प्रतिनिधी विष्णुप्रसाद न्यौपाने, पूर्व अध्यक्ष सीताराम दाहाल लगायतको उपस्थिति थियो ।
३ सय ७३ जना शेयर सदस्य रहेको सहकारीले आर्थिक वर्ष ०७६।०७७ मा ११ करोड १३ लाखको कारोवार गरेको व्यवस्थापक बलराम हुमागाँईले बताए । यस दुग्ध सहकारी मकवानपुरको उत्कृष्ठ सहकारी हो भने देशको पाँचौ उत्कृष्ठ सहकारीको हो।








