हेटौंडा । विभिन्न मुद्दामा जिल्ला अदालत मकवानपुरबाट सजाय पाएका तीन फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत मकवानपुरले ९ वर्ष अघि लागु औषध हिरोइनको मुद्दामा १० महिना १७ दिन कैद तोकेको थियो । उप्त मुद्दामा हेटौंडा १ बस्ने बर्ष २९ को सुदिप भन्ने सुजित लामा फरार रहेका थिए । लामालाई माघ ४ गते चौकीटोलबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा पठाइएको छ ।
त्यस्तै जिल्ला अदालत मकवानपुरले ४ वर्ष अघि लागु औषध मुद्दामा २ महिना कैद र रु। २००० जरीवाना तोकी फरार रहेका हेटौंडा १० बस्ने बर्ष २२ को युनिक लामालाई आज पक्राउ गरिएको छ । लामालाई हेटौंडा ४ स्थित बजारबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
त्यस्तै ज्यान मार्ने उद्योगमा फरार रहेका गोबिन्द तितुङलाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई अदालतको आदेशले थुनामा राख्न कारागार कार्यालय भिमफेदी पठाउने कार्य भइरहेको मकवानपुर प्रहरीले जानकारी दिउको हो ।








