हेटौँडा । हेटौँडाबाट काठमाडौं जोड्ने छोटो दुरीको मार्ग भिमफेदी कुलेखानी सडकखण्ड २ महिना बन्द हुने भएको छ। सडकखण्ड अन्तर्गत भिमफेदी-देउराली कुलेखानी सम्म सिमेन्ट कंक्रिट गरी ढलान गर्नु पर्ने भएकोले उक्त सडकखण्डमा माघ १० गतेबाट चैत्र १० गते सम्म सवारी संचालनमा रोक लगाएको जनाइएको छ।
बागमती प्रदेश यातायात पुर्वाधार निर्देशनालय अन्तर्गत स्तरोन्नति भइरहेको उक्त सडकखण्ड ढलान कार्य हुने भएकोले २ महिना सवारी संचालनमा पुर्ण प्रतिबन्ध लगाउने निर्णय भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्।उक्त सडकखण्ड बन्द रहने हुदा बैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ।









