हेटौंडा । मकवानपुरको मनहरी खोला बगरमा शनिबार ‘बम’ भेटिएको छ । राक्सिराङ-५ खोप्लासीस्थित मनहरी खोला बगरमा ‘बम’ लेखिएको शंकास्पद बस्तु फेला परेको हो । घटनास्थलमा हरियो कार्टुनलाई प्लाष्टिकको टेपले बेरेको र बिजुलीको रातोकालो तार बाहिर निकालिएको ‘बम’ लेखिएको शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर आएको थियो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक बिनोद श्रेष्ठको टोली पुगेको छ र डिस्पोजका लागि नेपाली सेनालाई खबर गरेको प्रहरीले जनाएको छ ।








