फाइल फोटो
धादिङ। धादिङको दुई स्थानमा फेला परेको शंकास्पद वस्तु सेनाले हटाएको छ । त्रिभुवन राजमार्गअन्तर्गत जिल्लाको चरौंदी खोला पुल नजिकै करिब ३ लिटरको प्रेसर बम फेला परेको थियो । उक्त बम फेलापर्ने वित्तिकै पुगेको नेपाली सेनाको टोलीले निस्कृय पारेको हाे । यस्तै, धादिङकै थाक्रेको महादेववेसीमा भने नक्कली बम भेटिएको छ । हाल सेनाको टोलीले त्यसलाई पनि हटाएको छ।








