हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरका विभिन्न धार्मिक मठ मन्दिर र जातजातिका तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरसँग परिचयात्मक तथा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मकवानपुरका विभिन्न धार्मिक मठ मन्दिर र जातजातिका तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरसँग परिचयात्मक तथा सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो ।
मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको सभाध्यक्षता भएको कार्यक्रममा पत्रकार महासंघ मकवानपुर का अध्यक्ष हरि हुमागाईं, हेटौँडा-२ का वडा सदस्य महेश्वरमान श्रेष्ठ, हेटौँडा-४ मा रहेको भुवनेश्वर मन्दिरका अध्यक्ष जगन्नाथ पाण्डे, नेपाल तामाङ घेदुङ मकवानपुर सचिव आत्मराम मोक्तान,मकवानपुर इसाइ समाजका सचिव मिलन कडेल, हेटौँडा जामे मस्जिदका अध्यक्ष जावेद हुसेन, कलाकार सुसान्त श्रेष्ठ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर राना, प्रहरी निरीक्षक अमर प्रसाद गजमेर, अविनाश अधिकारी, राजकुमार सापकोटा लगायतका विभिन्न धार्मिक मठ मन्दिर तथा संघ संस्थाका प्रतिनिधिहरु सहभागी रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा सहभागी विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधिहरुले वाल विवाह नियन्त्रणका लागि प्रतिवद्धता व्यक्त गरेका छन ।
कार्यक्रममा मकवानपुर प्रहरी प्रमुख राठौरले मकवानपुरमा बाल विवाहको अवस्था र त्यसको कानुनी व्यवस्था बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।








