हेटौंडा । हेटौंडामा हेभितर्फको ट्रायल स्थगित भएको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले जनाएको छ । कार्यालयले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
हेटौंडाबाट मंसिर २९ गतेदेखि माघ १४ गतेसम्म बायोमेट्रिक गरि रसिद काटेर लिखित परीक्षा उर्तिण भएका हेभि इकुप्मेन्ट मेसिनरीतर्फ नयाँ तथा वर्ग थपको ट्रायल परीक्षा स्थगित भएको जनाईएको छ । प्राविधिक समस्याका कारणले अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गरिएको कार्यालयको सूचनामा उल्लेख छ ।








