हेटौँडा । मकवानपुर प्रहरीको अदालतले फैसला गरी फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न सकृयता देखाएको छ।सकृयता देखाएसँगैआज मात्रै मकवानपुर प्रहरीले जिल्ला अदालत मकवानपुरले बिभिन्न मुद्दामा दोषि ठहर गर्दै सजायँ सुनाइ फरार भएका ३ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
जिल्ला अदालत मकवानपुरले सरकारी छाप दस्तखत किर्ते मुद्दामा ११ महिना १४ दिन कैद सजाँय तोकी फरार रहेका हेटौँडा ४ का ३५ बर्षीय दिपेश खडका ,त्यसैैगरी जिल्ला अदालत मकवानपुरले सवारी ज्यान मुद्दामा २० दिन कैद भुक्तान गर्न बाँकी रहि फरार रहेका भिमफेदी २ का ३६ बर्षीय रामशरण बल र जिल्ला अदालत मकवानपुरले कर्तब्य ज्यान दोषी ठहर गर्दै १८ दिन कैद भुक्तान गर्न बाँकी फरार रहेका भिमफेदी २ का ६० बर्षीय कुमार गोलेलाई पक्राउ गरेको हो।
खडका,बल र गोलेलाई जिल्लाको विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठौरले बताएका छन्।पक्राउ परेका सबैलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि पठाइएको जनाइएको छ ।








