हेटौंडा । हेटौंडा खानेपानी व्यवस्थपापन बोर्डले हेटौंडाका विभिन्न क्षेत्रमा २ दिन खानेपानी आपूर्ति बन्द हुने जनाएको छ । बोर्डले खानेपानी पाइप मर्मत भईरहेको भन्दै खानेपानी आपूर्ति बन्द हुने जनाएको हो ।
बोर्डले सूचना जारी गरी हेटौंडा वडा नम्बर २ स्थित रोप्वे अगाडी बिच्छाइएको मेन पाइपबाट पानी लिकेज भएको र मर्मत कार्य भई रहेकाले माघ १९ साँझ र २० गते बिहान हरिकुञ्जमा रहेको पुरानो ट्यांकीबाट पानी वितरण गरिएका क्षेत्रहरुमा पानी आपूर्ति नहुने जनाएको छ । बोर्डले मेनरोड, संगमचोक, चौकिटोलको केही भाग र मुख्य बजार क्षेत्रको केही भागमा खानेपानी आपूर्ति बन्द हुने जनाएको छ ।








