हेटौँडा । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रद्वारा वितरण गरिएको ग्रामीण तथा वशंगोपाल फिडरमा आज पनि लाइन जाने भएको छ। हेटौँडा वितरण केन्द्रले धरान चतरा सडकखण्ड अन्तर्गत बकैया गाउँपालिका र बागमती गाउँपालिकाको राईगाउँ सम्म वितरण गरिएको विद्युतका पोलहरु सार्ने र तार तान्ने काम भइरहेकोले माघ १९ गतेबाट आज २१ गते सम्म ग्रामीण फिडर अन्तर्गत बकैया गाउँपालिका देखी बागमती राईगाउँ सम्म र वशंगोपाल फिडर अन्तर्गत हटिया चिसापानी देखी हेटौँडा-१७ को वडा कार्यालय सम्म विहान ७ बजेदेखि ११ बजे सम्म र दिउँसो १ बजेदेखि ४ बजेसम्म विद्युत कतौटी हुने जनाइएको छ।








