हेटौंडा । मकवानपुर प्रहरीले ५० रुपैयाँ जरिवाना तिर्न बाँकी रहेका मकवानपुरको मनहरी गाउँपालिकाका दुईजनालाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रमुखको जिम्मेवारी सम्हालेसंगै फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रता दिएका छन् ।
यसैक्रममा जिल्ला अदालत मकवानपुरको २०७३ बैशाख ३० गतेको फैसलाले कुटपिट मुद्दामा ५० रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका मनहरी गाउँपालिका–१ का ३५ बर्षीय रामप्रसाद लटौला र सोही स्थानका ३२ बर्षीया अञ्जु लटौलालाई प्रहरीले पक्रेको हो । जरिवाना र कैद भुक्तान गर्न बाँकी रहेका दुबैजनालाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत मकवानपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएस्पी ईन्द्रबहादुर रानाले जानकारी दिए ।








