सांकेतिक तस्विर
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् । गाउँपालिकाको वडा नंबर ६ की स्थानीय अन्दाजी ७५ वर्षीया वृद्धा खड्क कुमारी खड्का चिसापानी बाँसघारी स्थित जंगलको खोल्साामा मृत अवस्थामा फेला परेकी वडा अध्यक्ष सिताराम थापामगरले जानकारी दिए ।
“खड्का हिजो दिउँसो बाख्रा चराउन गएकी थिईन् वडा अध्यक्ष थापामगरले भने,साँझ सम्म पनि बाख्रा र मान्छे दुबै नर्फकेपछि स्थानीहरु खोज्न गएका थिए । हिजोराति १० बजे खड्का मृत अवस्थामा फेला परिन् ।”
उनका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको र अनुसन्धान भईरहेको छ ।








