हेटौंडा । सरकारले पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्ने उदेश्यले छनोट गरेका २ सय योजनामा मकवानपुरका ४ स्थानीय तहका ५ वटा गन्तव्य समावेश भएका छन् । पर्यटन प्रवद्र्धन र विकासका लागि २ सय योजनाको सूचीमा मकवानपुरका पाँच वटा गन्तव्य समावेश गरिएको छ ।
सम्बन्धीत प्रदेश र स्थानीयतहसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने गरी देशभरका दुई सय नमुना आयोजना छनौट गरिएको छ । जिल्लामा रहेका प्रमुख गन्तव्य मध्येबाट बृहत योजना सहीत संरचना निर्माणका लागि योजना छनोटमा परेका हुन् । मकवानपुरमा छनौट भएका स्थानहरुमा कैलाश गाउँपालिकाको कैलाश बैकुण्ठ र गुप्तेश्वरीधाम पर्यटन विकास आयोजना, इन्द्रसरोवर गाउँपालिकाको फाखेल मैत्रीपार्क, भीमफेदी गाउँपालिकाको ऐतिहासिक चिसापानी गढी र मकवानपुरगढी गाउँपालिकाको एतिहासीक मकवानपुरढी दरवार परेका छन् ।
कैलाश गाउँपालिकाको दुई वटा गन्तव्य छनोट भएका छन् । जसमा कैलाश बैकुण्ठ र गुप्तेश्वरीधाम पर्यटन विकास आयोजनाका लागि अनुमानित लागत ३ करोड ५० लाख रहेकोमा मन्त्रालयले २ करोड ४५ विनियोजन गरेको छ । गाउँपालिकाले साझेदारी अन्तरगत एक करोड ५ लाख बजेट बिनियोज गर्नुपर्ने हुन्छ । इन्द्रसरोवरको फाखेल मैत्रीपार्क निर्माणका लागि अनुमानित लागत ५ करोड रहेकोमा मन्त्रालयले ३ करोड ५० लाख बजेट विनियोज गरेको छ ।
गाउँपालिकाले सम्झौता लागि १ करोड ५० लाख बजेट विनियोज गर्नुपर्ने हुन्छ । भीमफेदीको ऐतिहासिक चिसापानी गढीको अनुमानित लागत ५ करोड रहेकोमा मन्त्रालयले ३ करोड ५० लाख विनियोजन गरेको छ । गाउँपालिकाले संम्झौताको लागि १ करोड ५० लाख विनियोज गर्नुपर्ने छ । मकवानपुरगढीको एतिहासिक मकवानपुरगढी दरवार पर्यटन पर्वधार योजनाको अनुमानित लागत १ करोड ९६ लाख रहेकोमा मन्त्रालयले १ करोड ३८ लाख विनियोज भएको छ ।
गाउँपालिकाले ५८ लाख बजेट सम्झौताको लागि विनियोजन गर्नुपर्ने हुन्छ । भिमफेदी र इन्द्रसरोवरले योजनाको अवधि ३–३ बर्ष राखेको छ भने कैलाश र मकवानपुरगढीले २–२ बर्ष राखेको छ ।अनुमानित कुल लागतमा मन्त्रालयको ७० प्रतिशत र स्थानीय तहले ३० प्रतिशत लागत रहनेछ । सरकारले छनोट गरेका धेरैजसो आयोजनामा पार्क, पिकनिक स्थल, मन्दिर, पर्यटकीय स्थलसम्म पुग्ने सडक, पदमार्ग, सपिङ कम्प्लेक्स, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलगायत रहेका छन् ।
छनोट गरेका २ सय आयोजनाका लागि सरकारले ६ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । संस्कृति, पर्यटन तथा नगरिक उड्यनमन्त्री भानुभक्त ढकालले पू्र्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७७ अनुसार प्रदेश र स्थानीय तहसँग लागत साझेदारीमा काम गर्नेगरी दुई सय आयोजना छनौट गरेको बताएका छन् ।
हेर्नुहाेस् छनाेटमा परेका पर्यटकीय गन्तव्य यो पनि पढ्नुहोस् देशमा राजनीतिक सङ्कट उत्पन्न : अध्यक्ष थापा हेटौंडाका मानन्धर पक्राउ बकैया नेपालको दोस्रो बालमैत्री गाउँपालिका, मुख्यमन्त्री पौडेलद्वारा सहयोगको प्रतिबद्धता मकवानपुरगढीमा पशुमैत्री पार्क निर्माण प्रक्रिया अगाडि बढ्यो मनकामना दुग्ध सहकारीको अध्यक्षमा दाहाल निर्वाचित वाग्मती प्रदेश सरकार गठनको तीन वर्षः यस्ता छन् उपलब्धि भर्खरै चर्चित पर्यटन पूर्वाधार विकासका योजनामा मकवानपुरका ५ वटा गन्तव्य छनोट, कुन क्षेत्रमा कति बजेट पर्यो ? सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिक खुशी चोरीको काठ रोक्न खोज्दा वन रक्षकको ज्यान गयो स्कारपियोको ठक्करबाट टेम्पो चालकको मृत्यु भागरथी हत्या प्रकरणको अनुसन्धान जारी, प्रहरी भन्छन्– छिट्टै दोषी सार्वजनिक हुन्छ








