हेटौंडा । मकवानपुरका १ सय २८ प्रहरीले लगाए कोरोनाविरूद्धको खोप लगाएका छन् । आइतबार र सोमबार गरि २ दिनमा १ सय २८ प्रहरीले कोरोनाविरूद्धको खोप लगाएका हुन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, दंगा नियन्त्रण गण रातोमाटो र जिल्ला प्रहरी कार्यालय अन्तरगतका प्रहरीले पछिल्लो २ दिनमा खोप लगाएका छन् । खोप लगाउने क्रम जारी रहेको जनाइएको छ ।
सोमबार मकवानपुरका पत्रकारले पनि खोप लगाएका छन् । छुटेका स्वास्थ्यकर्मी, सफाईकर्मी, जनप्रतिनिधि लगायतले पनि खोप लगाइरहेको जनाइएको छ ।








