हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंबर १ स्थित सन्चो अस्पतालमा गएराति तोडफोड भएको छ । अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । बकैया गाउँपालिका वडा नंबर ४ का क्यान्सर पीडित ५८ वर्षीय शुक्र बहादुर घलानको उपचारको क्रममा मृत्यु भएपछि उनका आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका हुन्।
मंगलबार बिहान एक्कासी रगत वान्ता भएपछि घलानलाई दिउँसो १२ बजे उपचारको लागि सन्चो अस्पतालमा ल्याईएको थियो । उनको उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको हो । मृतकका आफन्तले भने डाक्टरको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका थिए र बिरामीको मृत्युबारे छानबिन गर्नुपर्ने, अस्पतालले आफ्नो लापरबाही स्विकार गरेर सजाए भोग्ने पर्ने बताएका थिए ।
यता जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले घलानको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले केहिबेर अस्पताल परिसरमा तोडफोड गरेको बताए । उनले हाल आफन्तले बिरामीको उपचारको क्रममा मृत्यु भएको स्विकार गरेको र मृतकको शव लिएर गएको बताए ।








