हेटौंडा। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको फैसला सुनाउँदै पुन:स्थापना गरिदिएको खुशीयालीमा हेटौंडाको मुख्यचोक बुद्धचोकमा दिप प्रज्वलन गरिएको छ। नेकपा प्रचण्ड नेपाल समुहले प्रतिनिधिसभा पुनःस्थापित भएको खुशीयालीमा दिप प्रज्वलन गरिएको हो।
नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देल र सचिव प्रेम बहादुर पुलामीको नेतृत्वमा बुद्धचोकमा दिप प्रज्वलन गरिएको हो। उक्त कार्यक्रममा प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो।








