हेटौंडा। पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–३ तीनताप्केमा ३ वटा सवारी ठक्कर खाँदा १० जना घाइते भएका छन् । नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना५ख ८४१५ नम्बरको ट्रकलाई सोही दिशाबाट आईरहेको ना७ख ८८३८ नम्बरको डिम्बावाला गाडिले ठक्कर दिएको थियो ।
सोही क्रममा डिब्बावाला गाडि पछाडि आउँदै गरेको ना ५ ख ८१८१ नम्बरको बस ठोक्किदा बसमा सवार १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । घाइतेहरुको चुरेहिल अस्पतालमा उपचार भईरहेको छ । ३ वटै सवारीका चालक प्रहरी नियन्त्रणमा रहेको जनाईएको छ ।








