हेटौडा । नेपाल रेडक्रस सोसाइटी उप-शाखा, हेटौडा ७ को दोश्रो वार्षिक साधारण सभा शाखा सभापती ध्रुबप्रसाद चौलागाईको सभापतित्वमा आज सम्पन्न भएको छ ।
साधारण सभामा प्रमुख अतिथी रेडक्रस जिल्ला सभापती सुर्यचन्द्र न्यौपाने विशेष अतिथी ७ न वडा अध्यक्ष राजन थापा, अतिथीहरु रेडक्रस जिल्ला महामन्त्रि खेमराज सापकोटा, ४ नं सभापती शिवहरी दहाल, हेटौडा वंचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईन्द्र वहादुर वस्नेत, श्रीनिवास मन्दिरका संरक्षक जनार्दन पौडेल समेतले शुभकामना दिनु भएको साधारण सभामा उपशाखा सचिव नवराज खतिवडाले संचालन र सदस्य मिना अधिकारिले स्वागत गर्नु भएको थियो ।
साधारण सभामा अध्यक्ष ध्रुबप्रसाद चौलागाईले पेश गर्नु भएको आव २०७६/०७७ को संस्थागत प्रतिवेदन र कोषाध्यक्ष यतीराज दंगालले पेश गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसम्मतीले पारित गरी साधारण सभा सम्पन्न भएको थियो ।








