सांकेतिक तस्विर
हेटौंडा । हेटौंडा-८ मा मंगलबार एक बृद्ध मृत अवस्थामा फेला परेका छन् । हेटौंडा-८ कर्रा पुल नजिक बृद्ध मृत भेटिएका हुन् । कर्रा पुल नजिक रहेको एक खाली घरमा मृत अवस्थामा वृद्धको शव भेटिएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन । घटनास्थलमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोली पुगेर अनुसन्धान थालेको छ ।








