हेटौंडा। हेटौंडा-८ कर्रा पुल नजिक मृत अवस्थामा भेटिएका व्यक्तिको शनाखत भएको छ। मृतक हेटौंडा-८ कमाने बिकाशटोल बस्ने ८३ बर्षीय खडक बहादुर परियार रहेको घटनास्थलमा रहेका ईलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रहरी निरीक्षक देवराज काफ्लले बताएका छन।
उनको शव कर्रा पुल नजिक रहेको प्लटिङमा ब्लकले बनेको खाली घरमा मृत अवस्थामा भेटिएको थियो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
शवको मुचुल्का तयार गरी पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको जनाइएको छ।








