हेटौंडा । मकवानपुर प्रहरीले हराएको मोटरसाइकल फेला पारी बुझाएको छ।फागुन २० गते हेटौंडा-५ बाट हराएको मोटरसाईकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो।
पाँचथर जिल्लाबाट हेटौंडामा लोकसेवा परीक्षा दिन आएका प्रकाशचन्द्र बस्नेतको नाममा रहेको को १ प १७९ नम्बरको मोटरसाईकल हेटौंडा-५ पिप्लेबाट हराएको थियो ।प्रहरीले उक्त मोटरसाईकल हराएको भोलिपल्ट हेटौंडा १० भुटनदेवीमा फेला परी सम्बन्धित सवारी धनीको जिम्मा लगाएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले बताएका छन् ।








